रुकुम पश्चिमबाट दाङ घाेराही जाँदै गरेकाे गाडी सल्यानकाे चाेरखाेलामा दुर्घटना ३ काे मृत्युु २ घाईते

रुकुम पश्चिमबाट दाङ घाेराही जाँदै गरेकाे गाडी सल्यानकाे चाेरखाेलामा दुर्घटना ३ काे मृत्युु २ घाईते,गाडि सडकबाट करिव ४ सय मिटर तल खसेकाे छ ।
रेखदेख संवाददाता
असाेज १२, सल्यान । रुकुम पश्चिमकाे बाँफीकाेटबाट दाङ घाेराही जादै गरेकाे लु.२ ख ६५०२ नम्बरको बिद्युतिय गाडी दुर्घटना हुदा ३ जनाकाे मत्यु र २ जना घाइते भएका छन् । सल्यान जिल्लाकाे कपुरकाेट गाँउपालिका वडा नं. ३ चाेरखाेलामा गाडि दुर्घटनामा परेकाे हाे ।

फाईल तस्बिर 

गाडि सडकबाट करिब ४ सय मिटर तल खसेकाे जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी डा. यमराज केसीले जानकारी दिएका छन् । उनले भने, घटनास्थल प्रहरी पुगेकाे खाेजि तथा उद्दार कार्य जारि रहेकाे जनाएका छन् । आज बिहान ४ बजे गाडि दुर्घटना भएकाे जनाएकाे छ । गाडिमा कति यात्रु थिए भन्ने समेत खुलेकाे छैन । घाइते र मृतककाे सनाखत समेत भएकाे छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *