सल्यान दुर्घटना अपडेट: दुर्घटनामा मृत्यु तथा घाइते हुने सबै बाँफीकाेटका

रुकुम पश्चिमबाट दाङ तर्फ जाँदै गरेको फोर्स गाडी सल्यानमा दुर्घटना हुँदा मृत्यु भएकाको परिचय खुलेको छ । सल्यान प्रहरीका अनुसार घटनास्थलमै मृत्यु भएका तीनै जनाको परिचय खुलेको हो । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका ५ का २७ वर्षीय प्रकाश केसी, सोही ठाउँकी ६८ बर्सिया पवि केसी र अन्दाजी २७ वर्षीय शशिधर केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक रेसमबहादुर खत्रीले जानकारी जानकारी दिएका छन ।

गाडीमा ३ पुरुष र २ महिला गरी ५ जना सवार रहेको जनाएकाे छ ।  दुई जना भने गम्भीर घाइते छन् । घाइते हुनेमा बाँफिकोट गाउँपालिका ५ का ४७ वर्षीय खगेन्द्र केसी र ३६ बर्सिया बिना केसी रहेको खत्रीले बताए।  उनीहरूलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि आज बिहान ६ः२५ बजेतिर नेपालगन्ज पठाइएको छ ।

दुवैको अवस्था गम्भीर रहेको प्रहरीको भनाई छ । उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको  छ । बाँफिकोट गाउँपालिकाबाट दाङ तर्फ जाँदै गरेको लु २ ख ६५०२ नम्बरको हायस गाडी सल्यानको कपुरकोट गाउँपालिका ३ चोरखोलामा दुर्घटना भएको हो । प्रहरीका अनुसार गाडी सडकबाट करिब ४ सय मिटर तल खसेको छ ।

गाडी दुर्घटनामा मृत्यु हुने तथा घाइतेहरूको परिचय खुले पनि चालक को थिए भन्ने बारेमा भने खुल्न नसकेको सूचना अधिकारी खत्रीले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *