जाजरकोटमा वालविकास शिक्षिकाहरुको आन्दोलनः नलगाड नगरपालिकको कार्यालयमा तालाबन्दी
ललित चन्द
रेखदेख संवाददाता ।
जाजरकोटमा वालविकास शिक्षिकाहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन् ।

सोमबार वालविकास शिक्षिकारुले पाउर्ने तलव नपाएको भन्दै जाजरकोट जिल्ला नलगाड नगरपालिकाको कार्यालयमा तालावन्दी गरेको नलगाड नगरपालिकाका सूचना अकिारी लालबहादुर खत्रीले जानकारी दिएका छन् ।
जाजरकोट जिल्ला नलगाड नगरपालिकाको वालशिक्षा पढाउनु शिक्षीकाहरुलाई संघीय सरकारबाट १० हजार र स्थानीय सरकारबाट ७ हजार रुपैयाँ गरी १७ हजार रुपैयाँ पाउनु पर्ने ब्यवस्था भएपनि संघीय सरकारको पैसा पाएको र स्थानीय सरकारले लामो समयसम्म तलव उपलब्ध नगराउन विरोधमा पालिकामा तालाबन्दी गर्नु परेको वालविकास शिक्षिका नमिना केसीले रेखदेखलाई जानकारी गराईन् । उनले भनिन, पटक पटक स्थानीय सरकारसंग तलवको माग गर्दा पनि सुनुवाई नभएपछि नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको बताईन् । उनले माग पुरा नभएसम्म ताला नखुल्ने जनाएकी छिन् ।
उता नगरपालिकाका सूचना अधिकारी लालबहादुर खत्रीले छिट्टै वाल विकास शिक्षिकासंग वार्ता गरेर समस्याको सामधान गर्ने जानकारी दिएका छन् ।
नमिना केसी

