करेन्ट लागेर एक जनाको मृत्यू
ललित चन्द
रेखदेख संवाददाता आठविसकोट । रुकुम पश्चिमका एक युवकको बिद्युत जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । सोमबार बिहान जाजरकोटको नलगाड नगरपालिका- ४ स्थित गुवारा भन्ने ठाउँमा १९ वर्षिय शिशिर चन्दको करेन्ट लागेर मृत्यु भएको हो ।

रुकुम पश्चिमको ११ र जाजरकोटको नलगाड ७ नम्बर वडामा बसोबास गर्दै आएका चन्द बिद्युत मर्मत गर्ने क्रममा पोलमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।
चन्द बिहान बिद्युत मर्मत गर्न गएका चन्दको गुवारा भन्ने ठाउँमा मृत्यु भएको बताईएको छ । जिल्ला प्रहरी जाजरकोटका अनुसार घटनाको अनुसन्धान भैरहेको जनाएको छ ।

