रुकुम जिल्ला अदालतबाट एकवर्षमा ५०६ वटा मुद्दा फैसला
रेखदेख संवाददाता
असार ३१ रुकुम पश्चिम ।
जिल्ला अदालत रुकुम (पश्चिम भाग) ले लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेको छ । अदालतले आर्थिक वर्ष ०८१ ।०८२ मा लक्ष्यभन्दा बढी मुद्दा फैसला गरेको हो ।
अदालतका श्रेष्तेदार मन्दिरा शाहीले रुकुम जिल्ला अदालतले लिईएको लक्ष्य अनुसार ११४.४७ प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएकी छन् । उनका अनुसार यसवर्ष ४ सय ४२ वटा मुद्दा फैसलाको लक्ष्य राखिएको थियो, तर अदालतबाट भने ५ सय ६ वटा मुद्दा फैसला भएको छ ।
यो फैसला रुकुम जिल्ला अदालतमा हालसम्मकै सर्वाधिक हो । देवानी प्रकृतिका ३ सय ६४ र फौजदारी प्रकृतिका १ सय ४२ वटा मुद्दा फैसला भएका हुन् । फैसला भएका ५ सय ५ वटा मुद्दाहरुमध्ये २सय ४४ वटा मुद्दा सम्बन्ध बिच्छेदका रहेका छन् ।
अदालतका तहसिलदार लालबहादुर क्षेत्रीका अनुसार यस आर्थिक वर्षमा अदालतमा ५ सय ३ वटा नयाँ मुद्दा दर्ता भएको र १ सय ७३ वटा मुद्दा अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका थिए । नयाँ दर्ता भएका मुद्दाहरुमध्ये ३ सय ३४ वटा र अघिल्लो वर्षबाट सरेर आएका मुद्दाहरु १ सय ७२ वटा फैसला भएका छन् । जम्मा मुद्दाहरुमध्ये ७४.८५ प्रतिशत फैसला जनाएको छ ।
२१ वटा मुद्दा मिलापत्र
जिल्ला अदालत रुकुम पश्चिम भागका अनुसार मेलमिलापका लागि आदेश भएका ७१ वटा मुद्दा मध्ये २१ वटामा मिलापत्र भएकका छन् । भने तीन वटा प्रक्रियामा रहेका छन् । ४७ वटा भने मेलमिलाप हुन सकेका छैनन् । विशेषगरी सम्वन्ध विच्छेद, लेनदेन लगायतका मुद्दा मेलमिलापमा गएका छन् ।
४ सय १७ वर्ष ४ महिना कैद फच्र्यौट
कैद फच्र्यौट ९ सय ९२ वर्ष ३ महिना १८ दिन फैसला भएकोमा ४ सय १७ वर्ष चार महिना १९ दिन फच्र्यौट भएको छ भने ५ सय ७४ वर्ष १० महिना २९ दिन फच्र्यौट हुन बाँकि रहेको छ ।
झण्डै साडे २ करोड फच्र्यौट
अदालतबाट तोकिएको ५ करोड ४४ लाख ४१ हजार ५ सय ७३ रुपैयाँ २२ पैसा जरिवानामध्ये २ करोड ४६ लाख ९० हजार ९९ रुपैयाँ ७० पैसा फच्र्यौट भएको छ । जिल्ला अदलात रुकुम (पश्चिम भाग) मा २ करोड ९७ लाख ५१ हजार ४ सय ४७ ररुपैयाँ ५२ पैसा असुल गर्न बाँकि रहेको जनाएको छ ।
जिल्ला अदालत रुकुम (पश्चिम भाग) ले मंगलबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा जिल्ला न्यायाधीस रामप्रसाद बस्यालले लक्ष्य भन्दा बढी मुद्दा फैसला भएको जनाए । उनका अनुसार अदालतमा फौजदारी प्रकृतिका मुद्दाहरु बढी मात्रामा आउने गरेका छन् । कर्मचारी र सरोकारवालाहरुको बीचमा समन्वयकारी भूमिकाको कारण बढी मात्रामा मुद्दा फैसला गर्न सकिएको जनाएको छ ।
रुकुम जिल्ला अदालतमा एवर्ष कटेको १ वटा मात्र मुद्दा रहेको छ ।

