रुकुममा अबैध रुपमै सीसि क्यामरा जडान

प्रवीर ददेल

फागुन ६, रुकुम ।

रुकुममा अनुमती विनै सीसि क्यामरा जडान गरिएका छन् । जिल्लामा धेरैको संख्यामा सीसि क्यामरा जडान गरिएको भएपनि अनुमति बिनै सञ्चालन भएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ  ।  जिल्लामा रहेका बैंक तथा बित्तिय संस्थाहरु, विद्यालय र केही व्यापार व्यवसायमा  सिसिटिभि जडान गरेका छन । तर जिल्ला प्रशासन हाल सम्म लक्ष्मी बैक र विजयश्वरी बोर्डिङ स्कुलले मात्रै अनुमती लिएका छन् । अन्य व्यापारीक कम्पनी, बैक, विद्यालयले अनुमति बिनै सीसि क्यामरा जडान गरेका छन् ।

जिल्लामा सीसि क्यामराको एकिन तथ्याङ्क नभएपनि झण्डै  ६० भन्दा  बढी सीसि क्यामरा जडान गरिएको अनुमान गरिएको छ । सीसिटिभी जडान तथा  सञ्चालन कार्यविधी २०७२ अनुसार सीसि टिभी जडान गर्न अनिवार्य अनुमती लिनुपर्ने तथा खिचिएका श्रव्यदृष्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि ३ महिनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था गरेको छ । सीसिटिभी जडान तथा  सञ्चालन कार्यविधी २०७२ विपरीत सीसिटिभी जडान एवं सञ्चालन भए गरेको पाइएमा विद्युतीय (इलेक्ट्रोनिक)कारोवार ऐन, २०६३ बमोजिम कारवाही  गर्ने प्रावधान रहेको छ ।

अनुमति लिन अनुरोध 

जिल्ला प्रसासन कार्यालय रुकुम पश्चिमले अनुमती लिएर मात्रै सीसिटिभी क्यामेरा जडान गर्न अनुरोध गरेको छ । सार्बजनिक सूचना जारी गर्दै यसअघि अनुमति नलिएर सीसिटिभी जडान गरेका व्यापारी, बैक, कम्पनी र शैक्षिक अनुरोध गरेको छ ।

अपराध अनुसन्धान र नियन्त्रण गर्न विद्युतीय उपकरणको प्रभावकारी बढाउने प्रयोजनका लागि सीसिटिभी क्यामेरा प्रयोगलाई प्रोत्साहन गर्न उद्देश्यले जडान तथा सञ्चालन सम्बन्धी कार्यबिधि २०७२ अनुसार स्वीकृत लिई मात्रै जडान गर्नुपर्ने भएकोले यस्तो आग्रह गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिएका छन् । उनका अनुसार–सीसिटिभी जडान तथा सञ्चालन कार्यबिधी २०७२ अनुसार सार्वजनिक निकायहरूले जडानको प्रयोजन खुलाई व्यापारिक केन्द्र, निजी प्रयोगकर्ता र ब्यक्तिहरुले पनि जिल्ला प्रशासनबाट अनुमती लिनुपर्ने हुन्छ ।

रुकुम पश्चिममा जडान गरिएका अधिकास सीसि क्यामरा अबैध रुपमा जडान गरिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

यसअघि जडान गरिएका सीसि क्यामरा र नयाँ जडान गर्न चाहानेले पनि अनुमति लिन सञ्चार माध्यम तथा सार्वजनिक स्थलमा सूचना टाँस गरिएको छ । निर्धारित समय भित्र स्वीकृती नलिनेलाई कानुन अनुसार कारबाही गर्ने तयारी समेत गरिएको छ ।’

आवश्यक कागजजात

सीसिटिभि क्यामरा  जडान गर्दा स्थानीय प्रशासनमा बिभिन्न कागजातहरु चाहिने गरेका छन । जसमा सीसिटिभि जडानको प्रयोजन खुलेको निबेदन, ब्यक्तिको परिचय खुल्ने नागरिकताको प्रतिलिपी, घरको नक्साको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र सीसि क्यामरा निगरानीमा खटिने व्यक्तिको विवरण बुझाउनु पर्दछ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *