दुई करोड खर्चिएका १८ योजना अलपत्र
प्रवीर ददेल
फागुन ८, रुकुम ।
रुकुम पश्चिमका १८ वटा आयोजना अलपत्र परेका छन् । आर्थिक वर्ष २०६१÷६२ सालदेखी क्रमागत योजनाको रुपमा सुरु गरिएका योजना अलपत्र परेका हुन् । शान्ति तथा पुर्ननिर्माण मन्त्रालयको अन्र्तगतको पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यक्रममबाट निर्माणधिन योजनाहरु अलपत्र परेको हो ।
पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यक्रममबाट रु.२ करोड २८ लाख रुपैयाँ खर्चेका १८ वटा योजना अलपत्र अवस्थामा रहेका छन् । विशेषगरी बजेट अभावका कारण १८ योजना अलपत्र अवस्थामा रहेको जिल्ला प्राविधिक कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
कार्यालयका अनुसार १० वटा विद्यालय भवन, ५ साविकका गाविस भवन र २ वटा उप स्वास्थ्य चौकीका भवन र १ वटा शहिद प्रष्ठिानको भवन अलपत्र परेका छन् ।
कुल रु. ४ करोड ७६ लाख रुपैयाँ लगानीमा निर्माणधिन आयोजनाहरु कार्यक्रमबाट बेवास्ता भएपछि अलपत्र परेका हुन् । हाल सम्म उक्त आयोजनाहरुमा २ करोड २८ लाख खर्च गरिएको र २ करोड ४८ लाख लगानीमा निर्माण हुने आयोजनाहरु बजेट अभावमा बर्षौ देखी अलपत्र अवस्थामा रहेको जिल्ला प्राविधिक कार्यालयका जिल्ला इन्जिनियर पहलबहादुर पुनले जानकारी दिएका छन् । उनले भने, ‘आर्थिक वर्ष २०७४÷७५ मा निर्माण सम्पन्न हुने आयोजना हाल सम्म पनि निर्माण पुरा भएको छैन् ।’
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय स्थानीय पूर्वाधार विकास तथा सडक विभाग डोलिडारको पत्र संख्या ०७४÷७५ चलानी नं. १२ मा जिल्लामा पुर्ननिर्माण तथा पुर्नस्थापना कार्यक्रम (पि १) शान्तिका लागि विकास कार्यक्रम (पी २) तर्फका अलपत्र योजनाको विवरण केन्द्रमा पठाउन २०७४ भदौ ५ गते निर्देशन गरेको थियो ।
त्यसको जवाफमा जिल्ला प्रािविधिक कार्यालय रुकुम पश्चिमले पत्र संख्या २०७४÷७५ चलानी नम्वर २३ राखेर मिति २०७४ भदौ १२ गते रुकुम पश्चिममा अलपत्र अवस्थामा रहेका १८ आयोजनाको विवरण, हाल सम्म खर्च भएको रकम र योजना सम्पन गर्न आवश्यक रकम सहित पठाएको थियो । अलपत्र योजनाको जानकारी पठाएको झण्डै डेढ वर्ष वित्न लाग्दा समेत योजना सम्पन्न हुने नहुँने कुनै टुंगो नरहेको जिल्ला इन्जिनियर पुन बताए । उनका अनुसार – हामीले केन्द्रमा जानकारी पठाएपछि कहिले स्थानीय तहले निर्माण गर्ने भनेपनि लिखित कुनै जानकारी नआएको हो ।
यि १८ योजना आर्थिक वर्ष २०६१ सालदेखी क्रमागत रुपमा सुरु भएका थिए । सुरुका वर्षहरुमा बजेट विनियोजित भएपनि पछिल्लो समयमा सरकारी वेवास्तामा परेको जहारी क्यापस चौजहारीका उपाध्यक्ष तथा चौरजहारी नगरपालिका ११ का वडाध्यक्ष मन मोहन शाहले बताएका छन् । उनले भने, ‘वर्षौ देखीका बजेट अभावका कारण योजना निर्माण नहुँदा क्यापसको पढाई लेखाईमा अप्ठेरो छ ।’
यी हुन अलपत्र परेका याेजना र खर्च भएकाे रकम