‘कांग्रेसलाइ नआत्तिन आग्रह’
रेखदेख चाैरजहारी रुकुमपश्चिम – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता देखेर प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस आत्तिएको बताएका छन् ।
कांग्रेसले बनाएको भ्रष्टाचारको जालोलाई तोड्दै गर्दा प्रतिपक्षी आत्तिएको बताउदै उहाँले मुलुकलाई समृद्धिको बाटोमाअगाडि बढाउन भ्रष्टाचार रोक्नैपर्ने जनाए । भ्रष्टाचार विकासको बाधक भएकोले सरकार यसतर्फ सचेत भएको उनकाे भनाइ छ ।
रुकुमपश्चिमको चौरजहारीमाभएको प्रथम चौरजहारी बृहत महोत्सवलाई सम्बोधन गर्दै मन्त्रीयादवले सरकार जनताको जनादेश विपरीत गएर कहिले पनि काम गर्न नसक्ने दावी गरे । ठूलो योगदानबाट नेपालमा संघीयताआएकाले यसलाई कार्यान्वयनगर्नको लागि सबैको भूमिका रहने जनाए ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका मन्त्री यादवले सरकारले आवश्यक नयाँ ऐन कानुन निर्माण तथा पुरालाई संशोधनगर्ने कामलाई तीव्रता दिएको जानकारी गराएका थीए । उनले संविधानअनुसार तीनै तहको अधिकार सुनिश्चितहुने समेत बताए ।
मन्त्री यादवले विदेशबाट सीप सकेर आएका युवाहरुलाई व्यवसाय सञ्चालनको लागि सहुलियत ऋणको व्यवस्था भएकाले गाउँमै उत्पादनमा जोड दिएर आर्थिक आम्दानीमा लाग्न आग्रह गरेका छन् । उनले गाउँका कृषिवस्तुको उत्पादनको बजारीकरण सरकारले गर्नेसमेत जनाएका छन् ।

