प्रेस यूनियनको ३४ औँ स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण

रेखदेख संवाददाता
जेठ १२, रुकुम (सल्ले) । नेपाल प्रेस यूनियनको ३४ औं स्थापना दिवसको अवसरमा विरामीलाई फलफुल वितरण गरिएको छ ।नेपाल प्रेस युनियन जिल्ला शाखा रुकुम पश्चिमले स्थापना दिवसको अवसरमा जिल्ला अस्पताल सल्ले र खंलगामा रहेको साझा मुराल हस्पिटलमा उपचारत विरामीहरुलाई फलफुल वितरण गरेको हो ।

जिल्ला अस्पताल सल्लेमा उपचार गराईरहेका ३३ जना र साझा हस्पिटलमा उपचारत ७ जना गरी ४० जना विरामिलाई फलफुल वितरण गरिएको प्रेस यूनियनका जिल्ला अध्यक्ष सुमित्रा के.सी.ले जानकारी दिएकी छिन् ।
उनका अनुसार विरामीहरुलाई स्याउ, केरा वितरण गरिएको थियो । सोही क्रममा विरामीहरुलाई स्वास्थ्य लाभको कामना समेत व्यक्त गरिएको थियो ।

प्रेस युनियको स्थापना दिवश र नेपाल प्रेस युनियनको बारेमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेलले जानकारी दिएका छन् । उनले भने, नेपाल प्रेस युनियन प्रजातन्त्रवादीहरुको साझा संस्था रहेको र यसले वाक स्वतन्त्रता, सुरक्षित पत्रकार नारालाई अघि सार्दै आएको छ । नेपाल प्रेस युनियन २०४८ जेठ १३ स्थापना भएको थियो । नेपाल प्रेस युनियनको सबै जिल्लाहरुमा शाखा, प्रदेशहरुमा प्रदेश समिति, प्रतिष्ठान गरी ७ हजार भन्दा वढी सदस्यता रहेको छ । नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघको सदस्यता प्राप्त संस्था हो । नेपाल प्रेस युनियनका संस्थापन अध्यक्ष जयप्रकाश गुप्ता रहेका थिए ।
कार्यक्रमको बारेमा नेपाली काँग्रेसका सचिव परमेश्वर भण्डारीले प्रेस युनियनले विभिन्न काल खण्डमा खेलेको भुमीकाको प्रसंशा गरे ।
फलफुल वितरण कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला सचिव प्रमेश्वर भण्डारी, सहसचिव यज्ञबहादुर विष्ट, महाधिवेशन प्रतिनिधी खड्क डाँगी, मुसिकोट नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष ज्ञानुचन्द्र चन्द, सल्ले अस्पताल विकास समितिका अध्यक्ष टेकबहादुर कुसारी, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर जिवन परियार, प्रेस युनियनका केन्द्रिय सदस्य प्रविर ददेल, प्रेस सेन्टरका जिल्ला अध्यक्ष मनिष खड्का, समाजवादी प्रेस संठनका जिल्ला अध्यक्ष भरत चन्द लगायतको उपस्थिती रहेको थियो ।


