पत्रकारहरुको मैत्रीपूर्ण फुटबलमा प्रेस युनियपत्रकारहरुको मैत्रीपूर्ण फुटबलमा प्रेस युनियन रुकुम ५-२ विजयी रुकुम ५-२ विजयी
चन्द्र ओली
रेखदेख संवाददाता जेठ १४, रुकुम पश्चिम
नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवस तथा २३ औं कृष्णसेन इच्छुक स्मृति दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपाल प्रेस युनियन, रुकुम पश्चिमको टोलीले विजयी प्राप्त गरेको छ ।

प्रेस सेन्टर टिम विरुद्धको खेलमा युनियन टोलीले ५–२ को सानदार जित हात पारेको छ । खेल मैत्रीपूर्ण भए पनि दुवै टोलीबीच प्रतिस्पर्धा रोमाञ्चक रह्यो । युनियन टोलीले पहिलो हाफमै ४–१ को अग्रता बनाएको थियो भने दोस्रो हाफमा एक गोल गर्दै खेल आफ्नो पक्षमा पार्न जित सुनिश्चित गरेको रेफ्री विष्णु रेउलेले जानकारी दिएका छन् ।

कार्यक्रमका अवसरमा रुकुम पश्चिमका सबै क्रियाशील पत्रकारले यस खेलले पत्रकारबीचको एकता, सहकार्य र समन्वय अझ सुदृढ बनाउने विश्वास लिएको नेपाल प्रेस युनिनका केन्द्रीय सदस्य प्रविर ददेलले जानकारी दिएका छन् । उनले भने, खेल जीत र हार भन्दा पनि एकता र सहकार्य र सद्भाव कायम गरेको जनाए । उद्घाटन कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, नेपाली काँग्रेसका सह सचिव यज्ञबहादुर विष्ट, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रमेश विष्ट, सशस्त्र प्रहरी नायव उपरीक्षक मदन बहादुर धानुक लगायतको आथित्यता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पत्रकारहरुको मैत्रीपूर्ण खेलले सकारात्म सन्देश दिएको बताए । उनले खेल रमाईलो रजीत हार मात्रै नभएर सहमती, सहकार्य, एकता र मेलमिलापको सन्देश दिएको बताए ।

खेलपछि दुबै टिमले आगामी दिनहरूमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

