“माओवादीले जवरजस्ती प्रवेशको हल्ला गरेर मेरो बदनाम गरे”

रेखदेख संवाददाता
जेठ ११, रुकुम (साँख) । नेपाली काँग्रेस मुसीकोट नगर सदस्य काली गिरी कुनै पार्टीमा प्रवेश नगरेको बताएकी छिन् । शनिवार मुसीकोट नगरपालिका वडा नं. ७ साँखमा बसेको नेपाली काँग्रेस वडा समितिको बैठकमा आफू काँग्रेस पार्टीमा रहेको जानकारी दिएकी हुन् ।


नेकपा माओवादी केन्द्रले आफूलाई प्रवेश गरेको भनेर गलत प्रचार गरेको आफ्नो बदनाम गरेको बताएकी छिन् । “म चौरजहारी काममा गएको थिए, सबै गाउँका गएका रहेछन, म पनि कार्यक्रम हेर्न गएको थिए, एकै पटक मलाई प्रवेश गर्ने भन्दा मैले यता उता गर्दैन भनेको हुँ ।” प्रचण्ड आउने कार्यक्रममा सबै गएका थिए । म पनि कार्यक्रम हेर्न गएको हुँ । म हिजो जहाँ थिए त्यही छु उनले नेपाली काँग्रेस मुसीकोट नगपालिका वडा नं. ७ को बैठकमा भनेकी छिन् ।

बैठकमा नेपालीका काँग्रेस जिल्ला कार्य समिति कोषाध्यक्ष मोहबिर खड्का, नेपाली काँग्रेस प्रदेश सभा “क” सभापति तथा मुसीकोट नगर प्रमुख मेहन्द्र केसी, नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी लालबहादुर महत जिल्ला कार्यसमिति सदस्य जेनी गौतम लगायतको आथित्यता रहेको थियो । बैठक नेपाली काँग्रेस मुसीकोट नगरपालिका वडा नं. ७ का वडा सभापति नवराज विष्टका अध्यक्षतामा बैठक सम्पन्न गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *