मुसीकोटमा बहुतले पार्कीङ भवन निर्माणको काममा तिव्रता
रेखदेख संवाददाता
रुकुम पश्चिम । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा बहुतले पार्कीङ भवन निर्माणको कामले तिव्रता पाएको छ । मुसीकोट नगरपालिका वडा नं. १ शहिद मैदानमा बुहतले पार्र्कङ भवन निर्माणको कामले तिव्रता पाएको हो ।
रुकुम पश्चिमको सदरमुकाम खंलगामा साना तथा ठुला गाडि पार्कीङ गर्न पार्क नभएपछि मुसीकोट नगरपालिकाको आयोजनामा मुसीकोट नगरपालिकाको गौरबको आयोजना अन्र्तगत बहुतले पार्र्किङ भवन निर्माण गर्न थालिएको छ ।
मुसीकोट नगरपालिकाको चालू आर्थिक वर्ष २०८१÷०८२ को कुल रु. २ करोड ८२ लाख रुपैयाँ लागत पहिलो तला निर्माण हुने मुसीकोट नगरपालिकाका प्राविधीक अमर पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार पहिलो चरणमा व्यसलाइन निर्माण गरिने जनाएको छ ।
वहुतले पार्किङ भवन निर्माणको काम हालसम्म २५ प्रतिसत काम सम्पन्न भएको र असार मसान्त सम्म निर्माण कार्य पुरा हुने निर्माण कम्पनी भावना आर्किटेक्ट एण्ड विल्र्डस प्रा.लि.काठमाडौका रबी मल्लले जानकारी दिएका छन् । बहुतले पार्किङ भवन ४ तल्लाको बन्ने र यसले मुसिकोट क्षेत्र भित्रका अव्यवस्थित पार्कीङलाई सहज बनाउने मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले जानकारी दिएकका छन् । उनले भने, मुसीकोट नगरपालिका क्षेत्र भित्रमा अव्यवस्थित पार्किङले दुर्घटना वढ्नुका साथै सडक तथा बजारक्षेत्रमा अस्तव्यस्त पार्कीङ हुँदै आएको छ ।
मुसिकोट नगरपालिकाले बुहतले पार्किङ भवन निर्माणको डिपीआर तयार गरेर १४ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ । बहुतले पार्कीङ भवन निर्माण भएपछि मुसीकोट क्षेत्रका हलुका सवारी साधन पार्कीङमा सहजता हुने जनाएको नगर प्रमुख केसीको भनाई रहेको छ ।