विजय लघुवित्त वित्तिय संस्थाले बीमा रकम हस्तान्तरण
रेखदेख संवाददाता
रुकुम पश्चिम ।
विजय लघुवित्त वित्तिय संस्थाले विमा वापतको रकम हस्तान्तरण गरेको छ । वाफिकोट गाउपालिका वडा नं ३ निवासी विमला नाथ केसीलाई बीमा वापतको २ लाख ५० हजार बराबरको रकम हस्तान्तरण गरिएको हो ।
वाख्रापालन व्यवसाय सञ्चालनको लागी गत वर्षको मंसिर महिनामा रु.५ लाख रुपैयाँ कर्जा लिई आफ्नो व्यवसाय सचालन गर्दै गर्दा उक्त सदस्यको श्रीमान चिन्ताराम केसीको गत साउन महिनामा बैदेशीक रोजगारको लागि मलेसियामा रहेको बेला मृत्यू भएपछि उनलाई कर्जा बापतको आधा रकम रु. २ लाख ५० हजार विमा हस्तान्तरण गरिएको छ ।
आज एक कार्यक्रमको आयोजना गरी बाँफीकोट गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष तिलविर केसीले उक्त चेक हस्तान्तरण गरेका थिए । कार्यक्रममा नेपाली काँग्रेसका वडा समिति सचिव प्रजित ओली, स्थानीय वुद्धिजीवि कमल ओली, वेगम ओली, लालबहादुर ओली र सानीदह महिला विजय वचत समूहका सदस्यहरुको उपस्थित रहेको थियो । कार्यक्रमको सञ्चालन विजय लघुवित्त वित्तिय संस्था लिमिटेड शाखा कार्यालय रुकुम पश्चिमका शाखा प्रमुख रुद्रबहादुर विश्वकर्माले गरेको जनाएको छ ।
पीडित नाथका २ छोरा रहेका छन् । उनलाई बाखा्रपालन व्यवसाय गरी परिवारको लालनपालनमा सहज होस भन्ने उद्देश्यले विमा वापतको रकम सहयोग गरेको जनाएको छ ।