‘अस्थायी सिकाई केन्द्र निर्माणले पठन–पाठनमा सहजता’

रेखदेख संवाददाता
साउन २०, रुकुम ।
भुकम्प प्रभावित क्षेत्रका विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माण गरिएको छ । गत कार्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले भवन भत्कीएका विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र निर्माण गरिएको हो ।
युनिसेफको आर्थिक सहयोग र रुकुमेली समाज विकास केन्द्रको सहजीकरणमा रुकुम पश्चिमका २ वटा र जाजरकोट जिल्लाको २ वटा स्थानीय तहका भुकम्पबाट अति प्रभावित विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माण गरिएको छ ।


जसमा रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा १० वटा सानीभेरी गाउँपालिकामा ७ वटा अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माण गरिएको छ । त्यस्तै जाजरकोट जिल्लाको नलगाँड नगरपालिकामा ९ वटा र बारेकोट गाउँपालिकाका ७ वटा विद्यालयहरुमा अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माण गरिएको रुकुमेली समाज विकास केन्द्रका शिक्षा कार्यक्रम संयोजक रमेश गौतमले जानकारी दिएका छन् । उनले भने, अस्थायी सिकाई केन्द्र (टिएलसी) निर्माणका साथै अस्थायी छात्रा र छात्रको लागि छुट्टा छुट्टै कोठा भएको शौचालय निर्माणको लागि एउटा विद्यालयमा ३ लाख २५ हजार रुपैयाँ लागत रहेको छ ।


भुकम्पबाट भत्कीएका विद्यालयहरुमा निर्माण भएका अस्थायी सिकाई केन्द्र (टिएलसी) र शौचालयले विद्याथीहरुलाई पढन सजिलो भएको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्सालले जानकारी दिएका छन् । उनका अनुसार–“पाल र अस्थायी टहरा भन्दा टिएलसी व्यवस्थीत भएकोले विद्यार्थीहरुलाई पठन-पाठमा सहज भएको छ ।”
पाल र सानो टहरामा पठन-पाठन गर्दा चिसोमा अत्याधिक चिसो गर्मीमा असाध्यै गर्मी हुनका साथै विद्यार्थीहरुको पठन-पाठनमा असजता बनाएको बेला अस्थायी सिकाई केन्द्रले केही विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुगेको जनजागृति बालविकास केन्द्र सानीभेरी -४, गोलचौरका प्रधानाध्यापक करुणा ओलीले जानकारी दिएकी छिन् ।
अस्थायी सिकाई केन्द्र (टिएलसी) को लम्वाई १३ मिटर, चौडाई ५ मिटर र उचाई १५ फिट रहेको छ । स्थानीय स्रोत साधनले बालमैत्री अस्थायी सकाई केन्द्र निर्माण भएका छन् ।

विद्यालय भवन भत्कीएको अबस्थामा यसले निकै प्रभावकारी हुने विश्वास गरिएको प्रधानाध्यापक ओलीले जनाईन् । आईतबार निर्माण गरिएका (टिएलसी) को अनुगमन समेत गरिएको छ । अनुगमनमा रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर लम्साल, सचिव केशन क्षेत्रियाल, सदस्य प्रविर ददेल, शिक्षा कार्यक्रम संयोजक रमेश गौतम र प्राविधीक अरुण क्षेत्रीयाले रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्थित वडा नं. ३ र ४ मा निर्माण गरिएको अस्थायी सिकाई केन्द्र (टिएलसी) को अनुगमन गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *