मृतक दीक्षा परियारका आफन्तले आठबिसकाेट नगर अस्पतालमा ढुंगामुढा

ललित चन्द
रेखदेख संवाददाता ।
आठबिसकाेट नगर अस्पतालमा ताेडफाेड गरिएकाे छ । गत साउन ११ गते आठबिसकाेट नगरपालिका वडा नं. ११ निवासी दिक्षा परियारकाे नगर अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएपछि उनका आफन्तले आज अस्पतालमा ढुंगामुडा गरेका हुन् । आक्राेशित भिडले अन्धाधुन्दु ढुंगा हानेपछि नगर अस्पतालकाे झ्यालकाे शिसा फुटेकाे स्थानीयले बताए ।


नगर अस्पतालमा मृतक दिक्षाको शव सुर्खेत लगिएकाे छ । परियारको शवलाई कुहिनबाट जोगाउन कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । शुक्रबार बिहान पेटको दुखेको भन्दै अस्पताल पुगेकी दिक्षाको उपचारको क्रममा मृत्यु भएको थियो ।
मृतक दिक्षा परियारको आमा कमारी परियार रोजगारीको सिलसिलामा भारतमा रहेको र आफू नआउँदासम्म पोष्टमार्टम नगर्न माग राखेकोले शव कुहिनबाट जोगाउन सुर्खेत पठाईएको प्रहरीले जनाएको छ ।भारतबाट मृतककाे आमा पुगेपछि अस्पताल आज तनाव ग्रस्त बनेकाे हाे ।
घटनापश्चात आठविसकोट नगरपालिकाका उप प्रमुख धनकुमारी शाही, निमित्त प्रमुख प्रशासकिय अधिकृत ईन्द्रबहादुर बिष्ट, ईलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक नविन मरासिनी, वडा नम्वर ११ का वडा अध्यक्ष प्रेम बहादुर पुन, मृतकको अंकल नाता पर्ने होम बहादुर परियार, नगर अस्पतालका मेडिकल अधिकृत राजसिंह राना लगायतको बैठकले शव सुर्खेत पठाउने र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई तत्काल कामकाजमा नखटाउने सहमति गरेको थियो ।
केही बेर तनावग्रस्त बनेकाे नगर अस्पतालमा जम्मा भएकाे भिड अहिले सहमतिकाे लागि नगरपालिकामा जम्मा भएकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *