दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि ब्याडमिन्टन खेलतर्फ खेलाडि छनोट
रेखदेख संवाददाता ।
असार ७, रुकुम ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खेलाडि छनोट गरिएको छ । जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमले आगामी मंसिर २–७ गते सम्म प्रदेश राजधानी सुर्खेतमा हुन लागेको दशौं राष्ट्रिय खेलकुदतर्फका महिला र पुरुष खेलाडि छनोट गरिएको हो ।

असार ६ र ७ गते रुकुम पश्चिमको सदरमुकाम खंलगा बराहटाकुरा कबर्डहलमा दशौं राष्ट्रिय ब्याडमिन्टन खेलको लागि पुरुषतर्फ उत्कृष्ट ८ जना र महिलातर्फ प्रतियोगितामा ब्याडमिन्टन खेलतर्फ उत्कृष्ट ५ जना खेलाडि छनोट गरिएको जिल्ला ब्याडमिन्टन संघ रुकुम पश्चिमका अध्यक्ष अनिल बुढामगरले जानकारी दिएका छन् । भने, पुरुषतर्फ जम्मा ३२ टीमले खेलमा सहभागिता जनाएका थिए ।
जसमा इश्वर रावल, शिखर केसी, हरि केसी, सिद्धार्थ केसी, कबिन्द्र पुन, हरिलाल केसी, विशाल विष्ट र ओपेन्द्र बोहरा छनोट भएका छन् । त्यस्तै ब्याडमिन्टन महिलातर्फ ८ टीम सहभागि भएकोमा डिला परियार, सुहाना बुढा, साहाना बुढा, डम्मरा खड्का र यनिता बुढा छनोट भएको जनाएको छ । खेलाडी छनोट कार्यक्रममा ब्याडमिन्टन संघ केन्द्रीय सदस्य डम्बर थापा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शैलेस शर्मा, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख लिलाप्रसाद ढकाल लगायतको उपस्थित रहेको थियो ।
पछिल्लो समय ब्याडमिन्टन क्षेत्रमा रुकुम पश्चिमका महिला पुरुषहरुमा के्रज (आर्कषण) बढ्दै गएको छ । यसअघि कर्णाली प्रदेश ब्याडमिन्टन संघको आयोजनामा यहि जेठ २४ गते देखि २६ गते सम्म बिरेन्द्रनगर सुर्खेतमा संचालित जुनियर तथा सिनियर ब्याडमिन्टन प्रतियोगितामा (बिभिन्न बिधा) बिजेता ,उपबिजेता,सान्त्वना स्थान हासिल गरेका थिए ।

