३ जनाको मृत्युू एक बेपत्ता ८ जना घाइते,सयौं घर जोखिममा
ललित परियार रेखदेख संवाददाता आठबिसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकामा वाढीले बितण्डा मच्चाएको छ । सोमबार राती परेको अविरल बर्षातका कारण आठविसकोट नगरपालिकाका विभिन्न ठाउँमा वाढीले ठुलो क्षती पुर्याउनका साथै मानवीय समेत क्षती पुगेको छ । भुकम्पले घर भत्काउदा टहरा बास बसेका एकै जनाका ३ जनाको मृत्यू हुनका साथै १ जना बेपत्ता भएका छन् ।
आठविसकोट नगरपालिका १२ स्थित झिन्चौर बगरमा खोलाको बाढीले टहरा बगाउँदा टहरामै पुरिएका ३ बालिकाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालउका सुचना अधिकारी बखत शाहीले जानकारी दिएका छन् । उनले भने, बाढीले घर बगाउँदा पुरिएर मृत्यु भएका १० वर्षीया हितमाया पुन, ८ वर्षीया धनसा पुन र ४ वर्षीया मनीषा सार्कीको मृत्यु भएको हो । मृतक तिनै जनाको शव पोष्टमार्टमको लागि आठबीसकोट नगर अस्पताल राखिएको छ ।
बाढीले टहरा बगाउँदा बेपत्ता भएका ४० वर्षीय डिल्लीबहादुर बुढाथोकीको खोजी कार्य भइरहेको छ । उनी बसेको टहरा बाढी परिदा उनी भागेको र बाढीमा परेर बेपत्ता भएको आशंका गरिएको छ । लेदोसहितको बाढीले घर पुरिएपछि डोजर लगाएर लेदो हटाउने काम भईरहेको छ ।
बाढीमा परेर घाइते भएका १० जनाको आठविसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । स्थानीय १२ वर्षीय विजय सार्की, २२ वर्षीया मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षिया मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीया धनमाया पुन, , ६५ वर्षीया कल्पना कामी, वर्ष ५८ टिकाराम कामी घाइते भएका छन ।
आठबिसकोट नगरपालिका वडा नम्बर ११ को सिमबजारमा पहिरोले २ वटा घर, २ वटा अस्थानी आवास र ४ वढी शौचालयमा क्षती पुगेको छ । त्यस्तै आठविसकोट नगरपालिका वडा नं ७ खारखारमा समेत पहिरोले वाढीले क्षती पुर्याएको छ । यहाँका मन्जीत खत्रीको घर पूर्ण रुपमा क्षती पुगेको छ । भने यस क्षेत्रका ३५ घरधुरी उच्च जोखिममा रहेको जनाएको छ । बाढीले क्षतीग्रस्त आठविसकोट नगरपालिकामा जिल्ला स्थित सरोकारवाला निकाय केही राहत सामग्री लिएर पुगेको जनाएको छ ।