‘रुकुम पश्चिमका धेरै घरहरु असुरक्षित’ः महामन्त्री रोकाय
रेखदेख संवादादाता
मंसिर ४, रुकुम ।
रुकुम पश्चिमका धेरै घरहरु बस्न नमिल्ने गरी असुरक्षित रहेको नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले बताएका छन् । भुकम्प प्रभावित क्षेत्र आठविसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणी गाउँपालिका गाउँ गाउँमा पुगेका महामन्त्री रोकायले भुकम्पबाट घरहरु धेरै क्षती भएकोले बस्न नमिल्ने गरी असुरक्षित रहेको रेखदेखलाई जानकारी दिएका छन् । उनले भने, “भुकम्प प्रभावितको बस्ती बस्ती पुगियो, धेरै घरहरु बस्न नमिल्ने छन ।”
रुकुम पश्चिमको आठविसकोट र सानीभेरीमा मानविय क्षतीका साथै भौतिक पूर्वाधारमा पनि क्षती भएको छ, तर अन्य पालिकामा पनि भौतिक संरचनामा धेरै क्षती भएको रहेको महामन्त्री रोकायको भनाई रहेको छ । अन्य पालिकाको पनि घर, विद्यालय, स्वास्थ्य संस्था वस्ने नमिल्ने अवस्थामा रहेको छ । पहिलो चरणमा उद्दार र राहतका काम भए अब सबैको ध्यान भुकम्प प्रभावित भई घर विहीनहरुको अस्थायी बसोवासको लागि सुरक्षित घर निर्माण गर्नतर्फ लाग्न सरोकारवालालाई सुझाव दिएका छन् । उनका अनुसार – अहिले यो राजनीति गर्ने र यो वा त्यो पार्टी भन्ने बेला होइन, तर सबै काँग्रेस कार्यकर्ताहरुलाई भुकम्पपीडितको घर निर्माणमा स्वयमसेवक रुपमा लाग्न आग्रह समेत गरेका छन् ।
भुकम्पपीडितलाई सहयोग गर्दा यो पार्टी वा त्यो पार्टी भनेर विभेद गर्न नहुने र मानवीय संवेदनशिताको आधारमा सबैलाई सहयोग गर्नुपर्ने महामन्त्री रोकायले बताएका छन् ।
गत कार्तिक १७ गते राती ११ः४७ मा जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर ६.४ रेक्टर स्केलको भुकम्पले रुकुम पश्चिमा ५३ जनाको मृत्यु भएको थियो । भने १ सय ३२ जना घाईते भएका छन् । रुकुम पश्चिममा ३ हजार ९ सय ९८ घर पूर्ण रुपमा क्षती भएका छन् । भने आशिंक रुपमा ३ हजार ७ सय ३२ घरहरुमा क्षती भएको प्रारम्भिक तथ्याङ्कले देखाएको छ । साथै १ हजार ९७ घर सामान्य रुपमा क्षती भएको छ ।
शनिवारको र आईतबार महामन्त्री रोकासहित नेपाली काँग्रेस जिल्ला कार्यसमितिका कोषाध्यक्ष मोहबिर खड्का, मुसिकोट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, नेपाली काँग्रेस जिल्ला कार्यसमितिच सदस्य लालबहादुर ओली, नेपाल दलित संघका सभापति प्रवीर ददेल लगायतको त्रिवेणी र मुसीकोट नगरपालिकाको घर घर गएर भुकम्प प्रभावित गाउँहरूमा पुगेका थिए ।