भुकम्प पीडित परिवारलाई छिट्टै सुरक्षित बसाेवास मिलाउन महामन्त्रीकाे माग
रेखदेख संवाददाता
मंसिर ३ रूकुम । नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री भुकम्पपीडित गाउँ गाउँमा पुगेका छन् । शनिबार मुसिकाेट नगरपालिका . १३ र १४ वडाका गाउँ गाउँमा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर राेकाय पुगेका हुन ।
भुकम्प प्रभावित क्षेत्र मुसीकाेट नगरपालिका वडा नं. १४ काे लाेरिबाङ, दाेपाई र मुसीकाेट वडा नं.१३काे हाईबाङ, गाेठखाेला, डाँडाछिवाङलगायतकाे क्षेत्रमा भुकम्प प्रभावित क्षेत्रमा पुगेर उनीहरूकाे समस्या बुझेकाे जनाएकाे छ ।
चिसाे माैसम र अधिकास घरहरु बस्न नमिल्ने गरि चर्किएको हुनाले भुकम्प पीडित पालमुनि बस्न बाध्य भएकाे र उनिहरूमा रुघाखोकी, ज्वराे, दम,झाडापखाला लगायतका राेग देखा पर्न थालेकाे भन्दै सरकारले छिट्टै अस्थायी बसाेबासकाे लागि व्यवस्था मिलाउन नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर राेकायले माग गरेका छन् ।
” पहिलाे चरणकाे राहतकाे काम सकियाे, अब अस्थायी बसाेवासकाे लागि सबैकाे ध्यान त्यता हुनुपर्दछ र त्यसपछि पुनर्निर्माणकाे लाग्नु पर्ने धारणा महामन्त्री राेकायकाे भनाई रहेकाे छ।
महामन्त्री राेकासहित नेपाली काँग्रेस जिल्ला कार्यसमितिका काेषाध्यक्ष माेहबिर खड्का, मुसिकाेट नगरपालिकाका नगर प्रमुख महेन्द्र केसी, नेपाल दलित संघका सभापति प्रवीर ददेल,नेपाली काँग्रेस जिल्ला कार्य समितिका सदस्य लालबहादुुर ओली लगायत भुकम्प प्रभावित गाउँहरूमा पुगेका थिए ।
आईतबार त्रिबेणी, चाैरजहारी र मुसिकाेट नगरपालिकाकाे बाकी वडाहरूमा पुगेर भुकम्प पीडितहरूकाे समस्या बुझ्ने नेपाली काँग्रेस रुकुम पश्चिमका काेषाध्यक्ष माेहबिर खड्काले जनाए । यसअघि आठबिसकाेट नगरपालिका र सानिभेरी गाउँपालिकाका भुकम्प प्रभावित क्षेत्रमा पुगेकाे जनाएकाे छ ।