यसकारण विघटन भयो त्रिजउमाविको विद्यालय व्यवस्थापन समिति ?

सुमित्रा केसी
कार्तिक ५, रुकुम । रुकुम पश्चिमको त्रिभुवन जनता माविको विद्यालय व्यवस्थापन समिति विघटन गरिएको छ । मिति २०७९ साल जेठ २९ गते गठित मुसिकोट नगरपालिकाले त्रिभुवन जनता माध्यामिक विद्यालय विद्यालय व्यवस्थापन समितीको संघीय शिक्षा ऐन अन्र्तगत ३ वर्ष र स्थानीय शिक्षा ऐन अन्र्तगत ४ बर्षे कार्यकालको व्यवस्था गरीएको छ । तर तत्कालिन त्रिजउमाविको विव्यस १७ महिनामा विघटन गरेको छ । नगर शिक्षा नियमावली २०७४ को परिच्छेद ५ को नियम ३२ को खण्ड ख र घ बमोजिम विव्यस विघटन गरिएको म्ुसीकोट नगरपालिकाले जानकारी दिएको छ ।


तत्कालिन विद्यालय व्यवस्थापन समिति विघटन गरेर मुसीकोट नगरपालिका वडा नंं १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्दलाई अध्यक्षको कामकाज चलाउन जिम्मेवारी समेत दिईएको छ ।
तत्कालिन विद्यालय व्यवस्थापन समितीले विद्यालयको शैक्षिक वातावरण बिथोल्ने काम गरेकोले विद्यालय व्यवस्थापन समिति विघटन गरिएको नगर प्रमुख महेन्द्र केसीले जानकारी दिएका छन् ।
‘हामीले तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीलाई विद्यालयको शैक्षिक वातावरण नखल्वल्याउन र विद्यालय व्यवस्थापनको कार्य सन्तोषजनक रुपमा गर्न नसकेकोले मुसीकोट नगरपालिका कार्यपालिकाको मिती २०८० कार्तिक १९ गतेको बहुमत सदस्यको निर्णयले विद्यालय व्यवस्थापन समितिको विघटन गरिएको मुसीकोट नगरपालिकाले जनाएको छ । जसमा जम्मा कार्यपालिका सदस्य २४ जनामध्ये १४ जना कार्यपालिका सदस्यले हस्ताक्षर गरेको मुसीकोट नगरपालिकाले रेखदेखलाई जानकारी दिएको छ ।
उता त्रिभुवन जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक गोपीराम केसीले स्थानीय सरकारको निर्णय अनुसार विद्यालय अगाडि बढ्ने र हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्षको रुपमा ज्ञानुचन्द्र चन्द रहेको र कार्तिक ४ गते विद्यालय व्यवस्थापन समितिको बैठक वसेको जनाए । उता विघटित त्रिभुवन जनता माध्यामिक विद्यालयका अध्यक्ष नरेन्द्र केसीले यस विषयमा केही धारणा नरहेको बताए ।

विव्यवस विघटन हुन सक्ने अवस्था
देहायका अवस्थामा शिक्षा समितिको सिफारिसमा नगर कार्यपालिकाले समिति बिघटन गर्न सक्छ ।
१) विद्यालयको सम्पती हिनामिना गरेमा
२) विद्यानलयको शैक्षिक वातावरण खलवल्याएमा
३) प्रचलित कानून तथगा नेपाल सरकार प्रदेश सरकार तथा स्थानीय तहको नीति एवम हित विपरित गरेमा ।
४) विद्यालयको व्यवस्थापन सन्तोषजनक रुपमा गर्न नसकेमा ।
५) सम्वन्धित निकाय वा अधिकारीले दिएको कानून अनुसारको निर्देशन पटक पटक उल्ंघन गरेमा ।

किन भयो विघटनको निर्णय ?
मुसीकोट नगरपालिका वडा नंं. १ खंलगामा सञ्चालनमा रहेको त्रिभुवन जनता माध्यामिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको कार्यशैली सम्वन्धमा उत्पन्न विवाद उपर छलफल गर्दा विद्यालयप्रति सकारात्मक सोच राख्ने विद्यालयका सचेत अभिभावकहरुको मिति २०८० असोज ४ गतेको कारबाही पत्र, सो सम्वन्धमा मुसीकोट नगरपालिकाबाट २०८० असोज १४ गतेको प्रतिक्रिया सहित कागजजात पेश गर्न विद्यालयलाई गरेको पत्रचार पत्र, सोही मितिमा विद्यालयले पेश गरेको कागजजात पत्र, पुनः प्रतिक्रिया पेश गर्न विद्यालयलाई मिति २०८० असोज १७ गतेको नगरपालिकाको पत्रचार र विद्यालयको २०८० असोज १९ गते कागजजात सहित पेश गरेको पत्र। शिक्षक अभिभावक संघको मिति २०८० असोज २६ गते गतेको कारबाहीको पत्र र विद्यालय व्यवस्थापन समितिको २०८० असोज १८ गतेको नविेदन पत्र, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको मिती २०८० असोज २२ गते र २६ गतेको कारबाही गर्न माग गरेको पत्र, विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको पेशागत संघ संगठनहरुको मितिी २०८० कार्तिक १६ गतेको कारबाहीको प्रेस विज्ञप्ती र मुसीकोट नगरपालिकाको नगर शिक्षा समितीको मिति २०८० असोज १४ गतेको निर्णय, विद्यालयका प्रशासनिक अधिकृत जयराम थापा र लेखापाल ठगबहादुर वुढाथोकीले मिति २०८० कार्तिक १६ गते विद्यालयले दिएको अवकास पत्र, विद्यालयका प्रशासनिक अधिकृत जयराम थापा र लेखापाल ठगबहादुर बुढाथोकीले नगरपालिकामा दिएको ध्यानाकर्षण पत्र, विद्यालयले अवकास दिएको पदमा मिति २०८० कार्तिक १६ गते करार पदपुर्तिका लागि गरिएको विज्ञापन पत्र, लेखापाल ठगबहादुर वुढाथोकी र सहयोगी डम्बरबहादुर महतले मिति २०८० कार्तिक १७ मा दिएको निवेदन पत्र आदीलाई अध्यनन गर्दा विद्यालयले पेश गरेको लिखीत प्रतिक्रिया चित्तबुझ्दो नदेखिएकोले र मुसीकोट नगरपालिका शिक्षा नियमावली २०७४ को परिच्छेद ५ को दफा ३२ को खण्ड ख र घ अनुसार विद्यालयको शैक्षिक वातावरण खल्वल्याएको र विद्यालय व्यवस्थापनको कार्य सन्तोषजनक रुपमा गर्न नसकेकाले त्रिभुवन जनता माध्यामिक विद्यालय खंलगामा गठित विद्यालय व्यवस्थापन समितिलाई विघटन गर्ने निर्णय गरियो । साथै अर्को व्यवस्था नभएसम्मका लागि विद्यालय व्यवस्थापन समितिको सम्पूर्ण कामकाज गर्न वडा नं. १ का वडाध्यक्ष एवं वडा शिक्षा समितिको अध्यक्ष श्री ज्ञानु चन्द्र चन्दलाई जिम्मेवारी दिने निर्णय गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *