भुकम्पका कारण सानिभेरीमा ५ काे मृत्युु,१०घाइते

रेखदेख संवाददाता
कार्तिक १८ रुकुम । भुकम्प कारण पुर्तिमकाँडामा ५ काे मृत्युु भएकाे छ । साानीभेरी गाउँपालिका वडा नं. २ पुर्तिमकाडामा भुकम्पका कारण ५ जनाकाे मृत्युु भएकाे हाे ।
मृत्युु हुनेमा सानिभेरी गाउपालिका वडा नं. २ परियार टाेलका महाबिर दमाईकाे छाेरी वर्ष १२ काे मनिषा दमाई, साेहि वडाका वर्ष ३१ का धनबिर पुन, बर्ष २८काे चुम्निमा पुन, बर्ष ८ काे यमराज पुन र वर्ष २ काे सितम पुन रहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सुचना अधिकारी धर्मेन्द्र खड्काले जानकारी दिएका छन् । भुकम्प बाटै १० जना समेत घाईते भएका छन् । घाइते सानिभेरी गाउँपालिका वडा नं. १ का केशमति पुन, निरुता पुन, शुसिला पुन, दिपेश पुन, कल्पना पुन, भाेजराज पुन, इन्द्रकला बुढाथोकी, कालिका कामी र धनमाया छन्त्याल रहेका छन् ।
रुकुम पश्चिम जिल्लामा भुक्मपका कारण धेरै क्षति भएकाे हुनसक्ने र यसकाे बिबरण आईरहेकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएकाे छ । मध्यरातमा भुकम्प गएका कारण उद्वारमा समस्या भएकाे जनाएकाे छ । विशेष गरि जिल्लाकाे आठबिसकाेट, सानिभेरी, त्रिबेणीलगायतकाे क्षेत्रमा व्यापक क्षति भएकाे जनाएकाे छ । शुक्रबार राती ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

हेराै मृतक तथा घाइतेकाे बिबरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *