भुकम्पमा परी घाईते भएकी उप प्रमुख सरिता सिंहको निधन

रेखदेख संवाददाता जाजरकाेट ।भुकम्पमा परि गम्भिर घाईते भएकी जाजरकोटको नलगाड नगरपालिकाकी उप प्रमुख सरिता सिंहको मृत्यृ भएको छ।

जाजरकोटको सदरमुकाम खलंगामा रहेकी सिंह राती ११ः४७ मा गएको भुकम्पमा भत्केको संरचनामा परि गम्भिर घाईते भएकी थिईन्।

उनको निधन भएको भन्ने जानकारी प्राप्त भएकाे नलगाड नगरपालिका वडा नं २ का वडाध्यक्ष पुर्ण बहादुर खत्रीले  जानकारी दिएका छन् ।

सिंह गत बर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भई निर्वाचित भएकी थिईन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *