रुकुमेली क्याम्पसमा दशैंको शुभकामना आदान-प्रदान
रेखदेख संवाददाता
असोज २७, रुकुम । रुकुमेली क्याम्पसमा नेपालीहरुको महान चाड दशै तिहारको उपलक्ष्यमा शुभकामना आदाना -प्रदान गरिएको छ । शुक्रवार व्यवस्थापन विषयमा पढाई भईरहेको रुकुम पश्चिमको पहिलो क्याम्पस रुकुमेली क्याम्पसको प्राङगन चन्दनाथ टोलमा दशैं, तिहार, छठ तथा नेपाल सम्वत ११४४ को उपलक्ष्यमा शुभकामना आदान प्रदान गरिएको हो । शुभकामना आदान प्रदान कार्यक्रम मुसीकोट नगरपालिकाका उपप्रमुख विमल कुमार पुनको प्रमुख आथित्याम भएको थियो ।
कार्यक्रममा चन्दनाथ टोलसमितिचका अध्यक्ष देवबहादुर ओली, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद सदस्य तथा रेखदेख साप्ताहिकका प्रकाशक सम्पादक प्रविर ददेल, शिक्षक बुद्धीजिवी गणेश केसी, टेकबहादुर वस्नेत, नरेन्द्र केसी लगायतको आथित्यता रहेको थियो । शुभकामना कार्यक्रममा बोल्दै मुसीकोट नगरपालिकाका उपप्रमुख विमल पुनले रुकुमेली क्याम्पसको भौतिक पूर्वाधारण निर्माण गर्न नगरपालिकाबाट बजेटको व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए ।
उनले भने, यहाँ धेरै समस्या रहेछन, चालू आर्थिक वर्षमा कुनै न कुनै समस्याको सामधान गरिनेछ । शुभकामना अदान प्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले रुकुमेली क्याम्पसको भवन नयाँ ठाउँमा भएको कारण यातायातको सहज पहुँच नभएका कारण सडक मर्मतको लागि मुसीकोट नगरपालिकासँग माग गरेका थिए । यसका साथै खानेपानी, क्याम्पसको घेरावारलगायतको भौतिक पूर्वाधारको माग गरेका थिए । दशै शुभकामना आदान प्रदान कार्यक्रममा रुकुमेली क्याम्पस रुकुमले जयबहादुर पुन स्मृति छात्रबृति सोहीस् विद्यालयमा अध्ययनरत ६ जना छात्रछात्रालाई प्रदान गरिएको छ ।
जसमा सरला बोहरा, भुमे ३, सुजन थापा मुनपा १, रुपा नेपाली जाजरकोट, इलाका बुढा त्रिवेणी १, सर्वेन्द्र वुढा सिस्ने र दुर्गा विक बाँफीकोठट ४ लाई वितरण गरिएको हो । उनीहरुलाई २ हजार ८५ रुपैयाँ छानत्रबृति रकम हस्तान्तरण गरिएको छ । कार्यक्रमको सञ्चालन रुकुमेली क्याम्पसका प्रमुख मीनबहादुर पुनले गरेको जनाएको छ ।