त्रिजउमाविमा शिक्षक- विव्यस बिवाद: विद्यालय वन्द गरेर शिक्षक कर्मचारी नगरपालिकामा

 

रेखदेख संवाददाता
असोज २६ । रुकुम पश्चिम सदरमुकाम खंलगामा रहेको जिल्लाकै जेठो विद्यालय त्रिभुवन जनता माध्यामिक विद्यालयका शिक्षक, कर्मचारीहरुको आन्दोलन चरम उत्र्कषमा पुग्न थालेको छ । विद्यालय व्यवस्थापन समिति विगठनको माग सहित अधिकांश शिक्षक कर्मचारीहरुले आन्दोलन थालेको आज १३ दिन पुगेको छ । गत असोज १४ गते विद्यालयमा अध्यापन गराईरहेका शिक्षक तथा कर्मचारीहरुले विद्यालयमा भएको असहज वातावरणलाई सहज बनाउन विव्यस विघटन गर्न मुसिकोट नगरपालिकामा १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका थिए ।
त्यो मागको सम्वन्धमा मुसीकोट नगरपालिकाले २०८० असोज १६ गते विद्यालयमा स्पष्टीकरण सोधेको थियो । त्यसको जवाफ २०८० असोज २१ विद्यालयका प्रधानाध्यापक गोपिराम केसी र अध्यक्ष नरेन्द्र केसीले बुझाएका थिए । स्पष्टीकरण विद्यालयका प्रधानाध्यापक गोपिराम केसीले विद्यालयमा कुनैपनि छलफल नबनाई मनोमानी ढंगले पठाएको भन्दै असोज २२ गते २९ जना शिक्षक कर्मचारी मुसीकोट नगरपालिका पुगेर कारबाहीको लागि थप दवाफ समेत दिएको जनाएको छ ।
पटक पटक मुसीकोट नगरपालिकामा माग तथा ध्यार्नाषण गराउदा समेत नगरपालिकाले विद्यालयको समस्याप्रति गम्बीर नभएको भन्दै शुक्रवार २९ जना शिक्षक कर्मचारी पठनपाठन बन्द गरेर मुसीकोट नगरपालिका पुगेका छन् । आन्दोलनमा प्रधानाध्यापक सहित ४ जना शिक्षक, कर्मचारी बाहेक विद्यालयमा कार्यरत ३३ जना शिक्षक कर्मचारी मध्ये २९ जना शिक्षक कर्मचारीहरुले विव्यस विघटनको माग राख्दै आएको त्रिभुवन जनता माध्यानमिक विद्यालयका सह प्रधानाध्यापक संगम केसीले बताए । उनले भने, विद्यालय व्यवस्थापन समिति र अध्यक्ष नरेन्द्र केसीले विद्यालयको शैक्षिक तथा प्रशासनिक वातावरण बिगारेर पठनपाठनमा असहज वातावरण बनाएको आरोप छ । उनी र उनको नेतृत्वको विव्यस रहुन्जेलसम्म विद्यालयमा सहज रूपमा पठनपाठनमा हुन नसक्ने अधिकास शिक्षक कर्मचारीहरुको भनाई रहेको सह- प्रधानाध्यापक केसीले जनाए ।
मुसिकोट नगर शिक्षा ऐन अनुसार गठित विव्यस अध्यक्ष केसीले विद्यालयमा आफ्ना निहित स्वार्थ सिद्ध गर्ने उद्देश्यले विद्यालयको शैक्षिक प्रशासनिक वातावरणमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य गरी आफ्नो पदीय आचरण उलङ्घन गर्ने काम गरेकोले केसीलाई नगर शिक्षा नियमावली २०७४ को नियम ३२ मा व्यवस्था भएअनुसार अध्यक्ष सहित विव्यस विगठन गरी अध्यक्षलाई नियमानुसार आवश्यक कारबाही गर्न शिक्षकहरूको माग छ ।
कसरी विग्रीयो विद्यालयको वातावरण
मुसीकोट नगरपालिका स्थित त्रिभुवन जनता माध्यामिक विद्यालयका पूर्व प्रधानाध्यापक मीनबहादुर पुन, हरिप्रसाद खनाल र वाहलवाला प्रधानाध्यापक गोपीराम केसीका साथै केही शिक्षकहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको क्षेत्रमा मुद्दा दर्ता भएको छ । मुद्दामा आर्थिक अनियमितता, जग्गा विक्री वितरण, बेरुजु, ज्यान मार्ने धम्की, अन्य विद्यालयमा पढाएको जस्ता मुद्दाहरुले विद्यालयका शिक्षकहरुलाई सहज रुपमा काम गर्ने अवस्था नरहेको शिक्षकहरुले बताएका छन् । शिक्षक सुनिल शाहले रेखदेखलाई भने, विद्यालयमा शिक्षकहरुले पठन पाठना गराउने कि मुद्दाको प्रति लगाउने ? तारेख थाम्न जाने ? यस्तो अवस्थामा शिक्षक कर्मचारीहरुलाइृ सहज रुपमा काम गर्ने वातावरण नरहेको उनको भनाई रहेको छ । उता विद्यालयका प्रधानाध्यापक गोपिराम केसीले विभिन्न क्षेत्रबाट मलाई मात्र २० वटा जति मुद्दा दर्ता भएर तनाव भएको बताएका छन् । उनले भने, “विद्यालयमा शैक्षिक वातावरण र पठनपाठनको अवस्था साहै्र विगेको अवस्थामा मुसीकोट नगरपालिका, जिल्ला प्रशासन कार्यालय र शिक्षा तथा समन्वय ईकाईले सहजीकरण गरेर विद्यालयलाई सहज वनाउनु पर्ने उनको धारणा रहेको छ ।” उता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र केसीलाई विद्यालयको बारेमा थप वुझ्न खोज्दा  उनीले शिक्षक कर्मचारीहरूको आन्दोलनको कुनै अर्थ नभएको बताए । विव्यस गठन वा विगठनमा शिक्षक कर्मचारीको सहमति वा असहमतिले कुनै अर्थ नराख्ने उनको भनाई रहेको छ ।शिक्षक अभिभावक संघको २०८० असोज २६ गते बसेको बैठकले विद्यालय व्यवस्थापन समिति विघटन सम्वन्धी निर्णय गरेर नगर कार्यापालिकामा पठाएको शिक्षक अभिभावक संघका अध्यक्ष खेमराज खड्काले बताए ।

 विव्यवस विघटन हुन सक्ने अवस्था
देहायका अवस्थामा शिक्षा समितिकाे सिफारिसमा  नगर कार्यपालिकाले समिति बिघटन गर्गन सक्छ ।

१) विद्यालयको सम्पती हिनामिना गरेमा
२) विद्यानलयको शैक्षिक वातावरण खलवल्याएमा
३) प्रचलित कानून तथगा नेपाल सरकार प्रदेश सरकार तथा स्थानीय तहको नीति एवम हित विपरित गरेमा ।
४) विद्यालयको व्यवस्थापन सन्तोषजनक रुपमा गर्न नसकेमा ।
५) सम्वन्धित निकाय वा अधिकारीले दिएको कानून अनुसारको निर्देशन पटक पटक उल्ंघन गरेमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *