प्रथम त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता हुने
रेखदेख संवाददाता
असोज १२ रुकुम । प्रथम त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका दवाङ झुल्नेटामा आगामी कार्तिक १२ गतेदेखी १५ प्रथम त्रिवेणी गोल्डकप फुटबल प्रतियोगिता २०८० हुने भएको हो ।
त्रिवेणी युथ क्लवको आयोजनामा उक्त फटबल प्रतियोगिता हुने क्लवका अध्यक्ष भुपेन्द्र खड्कानले जानकारी दिएका छन् । उनका अनुसार प्रथम पुरस्कार ८० हजार र दोस्रो पुरस्कार ४० हजार रुपैयाँ रहेको छ । विजयी टीमलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिनेछ । नेपिालीहरुको महान चाँड दशै र तिहारको उपलक्ष्यमा पहिलो पटक त्रिवेणी गोल्डकप फुटवल प्रतियोगिता गरिएको हो ।