मुसीकाेट नगरपालिकाकाे मुलगेटमा ८ बुंदे माग सहित तालाबन्दी


रेखदेख संवाददाता भदाै १० रुकुम । मुसिकाेट नगरपालिकाकाे मुल गेटमा ताला लागेकाे छ ।शनिबार मुसिकाेट नगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत नरेन्द्र ओलीलाई मुसिकाेट नगरपालिकाका उप प्रमुख बिमल पुनले कुटपिट तथा हातपात गरेकाे भन्दै मुसिकाेट नगरपालिकामा कार्यरत कर्मचारीहरूले ताला बन्दी गरेका हुन ।

मुसीकाेट नगरपालिकामा कार्यरत कर्मचारीहरूले नगरपालिकाे ८ बुदे माग राख्दै मुसिकाेट नगरपालिकामा शान्तिपुर्ण धर्नाकाे व्यानर राखेर मुलगेटमा तालाबन्दी गरेकाे मुसिकाेट नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत बिनाराम खड्काले रेखदेखलाई जानकारी दिएका छन् । उनले भने, म अफिस आएकाे थिए, मुलगेटमा तालाबन्दी र ८ बुदे माग सहित कर्मचारीकाे बिराेध रहेछ ।

८ बुदे मागमा प्रमुख प्रशाकिय अधिकृतले कर्मचारीकाे बैठक बसाल्नु पर्ने,दाेषिलाई कडा कार्बाहि गर्नु पर्ने,मुसिकाेट नगरपालिकाका कर्मचारीकाे गल्ती भए कानुन बमाेजिम कार्बाहि गर्नु पर्ने, जनप्रतिनिधिहरूले कर्मचारीहरूकाे काम कर्तव्य र अधिकार प्रती हस्तक्षेप गर्न नपाउने, लगायतका माग राखि बिराेध जनाएकाे छ ।

उता मुसिकाेट नगरपालिकाका उप प्रमुख बिमल पुनले भने शनिबार पत्रकार सम्मेलनगरी नगरपालिकामा आफुलाई नसाेधि मनपरी  गरेकाले  राेकेकाे बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *