रुकुममा फरक बिचार र आस्था भएका कर्मचारीले काम गर्ने अवस्था छैन: महामन्त्री

भदाै १९ रुकुमरेखदेख संवाददाता । नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री  कृष्णबहादुर राेकायले रुकुम पश्चिममा फरक बिचार र आस्था हुने कर्मचारीले काम गर्न नपाउने बताएका छन् । नेपाल निजामती कर्मचारी युनियनकाे स्थापना दिवशकाे अवसरमा शुभकामना मन्तव्य राख्दै यस्तो धारणा राखेका हुन् । माओवादीले चलाएकाे शस्सत्र द्वन्दकाे क्रममा सबै भन्दा वढी कर्मचारी र शिक्षक परेकाे बताए । उनले भने, स्थायी सरकार कर्मचारी भएकाे कारण जनताकाे सेवाप्रती बफदार हुन सबै कर्मचारीलाई आग्रह समेत गरेका छन ।

सबै राजनितीक परिवर्तनमा कर्मचारीकाे भुमिका महत्त्वपुर्ण रहेकाे महामन्त्री राेकायले बताए । त्यस्तै कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री तथा नेपाली काँग्रेस सुर्खेतका सभापति खडकबहादुर पाेखरेलकाेले नेपाल सबै कम्युनिस्ट एक हुदा पनि नेपाली काँग्रेसले जित्ने, बताएका छन् । नेपाल निजामति कर्मचारी युनियन जिल्ला कार्यसमिति रुकुम पश्चिमले आयाेजना गरेकाे स्थापना दिवश कार्यक्रममा शुभकामना मन्तव्य राख्दै यस्तो राखेका हुन । उनले भने, काँग्रेस कम्युनिस्टका कारण भन्दा काँग्रेसका कारण कमजाेर बनेकाे उनकाे भनाई रहेकाे छ । काँग्रेस दुई गुटले काँग्रेस कमजाेर बनेकाे जनाए । कर्णाली प्रदेशका कर्मचारीहरूले भाेगेकाे समस्याप्रती जानकार रहेकाे बताउदै मुस्कान सहितकाे सेवा दिन आग्रह गरे । “रुकुम पश्चिममा माओवादीकाे दवदबा हुदा पनि नेपाल कर्मचारी युनियनको सकृयता देखेर निकै खुसी भएकाे छु ।

” राजनिती रुपमा कर्णाली प्रदेशमा सबैभन्दा हेपिएकाे जिल्ला रुकुम रहेकाे भन्दै ढिलाेचाडाे न्याय पाउने उनकाे भनाई रहेकाे छ । खासगरी गठबन्धनले पार्टीलाई कमजाेर बनाएकाे भन्दै च्याखे थाप्ने राजनितीक पार्टीले काँग्रेस अप्ठ्यारो पारेकाे बताए ।
नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिव प्रमेश्वर भण्डारीले कर्मचारी संन्यत्र भनेकाे राज्यका स्थायी सरकार हाे, यसले राज्यमा लामाे समय सेवा गरेकाे पाईन्छ, याे राज्यमा तपाईहरुकाे भुमिका महत्वपुर्ण जनाए ।
त्यस्तै निमित्त प्रमुख जिल्ला अधिकारी प्रबेश वडुवालले राष्ट्रसेवक कर्मचारीहरुलाई गाेलबन्द गर्दै सम्पुर्ण कर्मचारीहरूकाे हकहित र अधिकार स्थापनाकाे लागि शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नेपाली काँग्रेस मुसिकाेट नगर सभापति प्रेम बहालुर ओली, आधिकारि ट्रेेड युनियनका जिल्ला जाेगेन्द्र पुन, नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य गाेपाल शर्मा, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रवीर ददेल, मुसिकाेट नगरपालिका वडा नं. १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्द, वडा नं. ५ का वडाध्यक्ष समीर जंग मल्ल नेपाल ट्रेेड युनियनका महाधिबेशन प्रतिनिधि सुनिल शाह लगायतकाे आथित्यता रहेकाे थियाे । कार्यक्रम नेपाल निजामती कर्मचारी युनियन जिल्ला अध्यक्ष देबबहादुर ओलीको अध्यक्षतामा सचिव कमल केसीले कार्यक्रमको सञ्चालन गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *