प्रेस युनियन रुकुम पूर्वको अध्यक्ष चेतकुमार विसी निर्वाचित

प्रभा वस्नेत
रेखदेख संवाददाता रुकुुम पुर्व

नेपाल प्रेस युनियन रुकुम पूर्वको ऐतिहाँसिक प्रथम जिल्ला अधिवेशनले चेतकुमार बिसीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । शनिबार रुकुमकोटमा भएको अधिवेशनले बिसीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षको पुजा बिसी र बसम मल्ल चयन भएका छन । त्यस्तै सचिवमा प्रभा बस्नेत, सह सचिवमा उषा थापा र कोषाध्यक्षमा सामना बुढाथोकी निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक भिमबहादुर खड्काले जानकारी दिएका छन । कार्यसमितिको सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएकाे जनाएकाे छ ।

समितिको सदस्यहरुमा दिलीप चन्द, कृतिमा बिसी, अनु हमाल, प्रमिला बिक, शिव बुढाथोकी, सूचना बुढा  र लिङकल गौतम निर्वाचित भएका छन । अधिवेशन आयोजम समितिका संयोजक चेतकुमार बिसीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य प्रविर ददेलको प्रमुख आथित्यता रहेको थियो । भने जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख मेघ बहादुर श्रेष्ठ र नेपाली काँग्रेस रुकुम पूर्वका उपाध्यक्ष भिमबहादुर खड्काको बिशेष आथित्यता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका लुम्बिनी प्रदेश समिति सदस्य सरिता बिसी, प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा, प्रहरी नायब उपरिक्षक अञ्जना श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुकुम पूर्वका अध्यक्ष मैत्या घर्ती मगर, नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष लक्ष्मण केसी, प्रेस सेन्टर नेपाल रुकुम पूर्वका अध्यक्ष सर्जना कार्कीको आतिथ्यता रहेको थियो ।

त्यसैगरी डिभिजन वन कार्यालयका प्रमुख जितेन्द्र खड्का, कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख नरेन्द्र बुढा, रुकुम उद्योग वाणिज्य संघका उपााध्यक्ष राजु रेग्मी, नेपाल प्रेस युनियन कर्णाली प्रदेश समितिका सदस्य प्रेम प्रकाश ओली, सिस्ने गाउँपालिका वडा नम्वर ५ का वडा अध्यक्ष बिरेन्द्र बस्नेत, वडा नम्वर ६ का वडा अध्यक्ष पूर्ण बहादुर मल्ल लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *