रुकुम पश्चिमका गाउँ- गाउँमा पस्याे काँग्रेस !
रेखदेख संवाददाता रुकुम । नेपाली काँग्रेस रुकुम पश्चिमले आन्तरिक बिशेष अभियान कार्यक्रम लिएर गाउँ पसेकाे छ । नेपाली काँग्रेस केन्द्रीय कार्यालयले राष्ट्रव्यापी रुपमा सञ्चालन गर्न लागेको उक्त अभियान अन्तर्गत आईतबारबाट रुकुम पश्चिममा गाउँ गाउँमा काँग्रेस पसेकाे हाे ।
अभियानकाे बारेमा जानकारी दिन मंगलबार पत्रकार सम्मेलन गरेकाे छ । पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कर्ण बहादुर बुढाले केन्द्रीय समितिको साउन २ गते देखि १० गते सम्म बसेको बैठकको निर्णय अनुसार रुकुम पश्चिममा अभियान सञ्चालन हुन थालेको बताए । यस अभियानले काँग्रेस बलियाे र व्यवस्थित हुनेछ । साउन २०-३० गतेसम्म पहिलो चरणका सबै कार्यक्रम सकेर जिल्लामा समिक्षा गर्ने र सोहि अनुसारको प्रतिवेदन केन्द्रलाई पेश गरिने उनले जनाए । पत्रकार सम्मेलनमा जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीले मंगलबार देखि पालिकामा अभियान सुरु हुने जानकारी दिएका छन ।
उनले भने, साउन २३ गते मुसिकोट नगरपालिमा, २४ गते चौरजहारी नगरपालिकामा र २५ गते त्रिवेणी गाउँपालिकामा उक्त अभियान अन्तर्गतका कार्यक्रम सञ्चालन गरिने छ । त्यस्तै २६ गते बाँफिकोट गाउँपालिका, २७ गते सानीभेरी र २८ गते आठबिसकोट नगरपालिकामा आन्तरिक बिशेष अभियान कार्यक्रम सञ्चालन हुनेछ ।
उक्त अवसरमा पार्टीको आन्तरिक समस्याहरु समाधानका लागि छलफल हुने, रिक्त रहेका वडा तथा पालिका समितिको पद पुर्ति गरिने, भातृसंस्था गठन तथा पुर्नठगन गर्ने र कार्यकर्ताहरुका गुनासो सुनुवाई गरिने, क्रियाशिल सदस्यहरुको अवस्था जानकारी हुने लगायतका कार्यक्रम हुनेछन् । त्यसैगरी परोपकारी कार्यका लागि गाउँ सेवा दल समेत गठन गरिने सभापति ओलीले जानकारी दिए ।कार्यक्रममा पूर्व राज्यमन्त्री गोपाल जि जंग शाहले गाउँमा सत्ता गठबन्धनको अवस्था र कार्यकर्ताको मनोभावना बुझ्ने काम हुने बताए । पत्रकार सम्मेलन नेपाली काँग्रेस रुकुमका सहसचिव यज्ञ बिष्टले सहजिकरण गरेका थिए ।