सल्ले घटना: बील बिनाकाे सुन खरिद गर्दा शाेभा कुमारी पक्राउ
रेखदेख संवाददाता । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेकी ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा प्रहरीले १ जना महिला पक्राउ परेकी छिन । प्रहरीले बुढाथोकीको हत्या आरोपमा मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा पक्राउ परेकी छिन । जिल्ला प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले सिर्जना बुढा बोहरा हत्यामा प्रत्यक्ष संलग्न भएको जनाएका छन् । बोहराले मृतक बुढाथोकीसँग हिमचिम बढाएर गहना र पैसा लुट्ने मनसायले ढुंगाले कन्चटमा हानेर हत्या गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ।
बाेहराले बुढाथोकीको हत्या गरेर सुनको एक थान सिक्रि, सुनकाे एक थान तिलहरी, सुनका कानबाली एक जाेडा र सुनकाे चन्द्रमा लुटेको प्रमाण प्रहरीले फेला पारेको छ । त्यस्तै घटनास्थलबाट रगतजस्ताे देखिने राताे पदार्थ लागेकाे लाम्चाे, चेप्टाे ढुंगा लाेराे पनि बरामद भएकाे जनाएकाे छ । माेवाईल र राताे पाेते जंगलमा फालिएकाे अवस्थामा भेटिएकाे थियाे ।
बिल बिनाकाे सुन खरिद गर्दा शाेभाकुमारी पक्राउ
बिल बिनाकाे सुन खरिद गर्दा शाेभाकुमारी सुनार साेनि पक्राउ परेकी छिन् । रुकुम पश्चिम मुसिकोट नगरपालिका ५ टटेला निवासी ३० वर्षिय शोभा कुमारी सुनार सोनीले बिल बिनाकाे सुन खरिद गरेकाे र साेहि गहना हत्या गरेकी हस्तकली बुढाथोकीकाे रहेकाे कारण उनी प्नहरी फन्दामा परेकी हुन् । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले बील बिनाका गहना खरिद बिक्री नगर्न सुुन चाँदी व्यवसायलाई आग्रह समेत गरेकाे छ । बील बिनाका खरिद बिक्री गर्दा सुन चाँदी ब्यवसाय समेत फस्ने जनाएकाे छ
आरोपी सृजना वुढा बाेहरालाई प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्र शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । भने शाेभाकुमारीलाई बिल बिनाकाे अबैध सुन खरिद गरेकाे उक्त गहना हत्या भएकी महिलाकाे रहेकाेले पक्राउ गरि छानबिन भईरहेकाे जनाएकाे छ । दुबै जनालाई रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुर ल्याएर अनुसन्धान सुरु गरेको थियो ।

