सल्ले घटनाकाे प्राराम्भिक अनुसन्धान: गहना लुट्न हस्तकलीकाे हत्या, घटनामा संलग्न भएकाे भन्दै दुई महिला पक्राउ

रेखदेख संवाददाता
साउन २२ रूकुम । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ सल्लेकी ५२ बर्षिया हस्तकली बुढाथोकीको हत्या आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । प्रहरीले बुढाथोकीको हत्या आरोपमा मुसिकोट नगरपालिका १ की २३ बर्षिया सिर्जना बुढा बोहरा र मुसिकोट नगरपालिका ५ टटेला निवासी ३० वर्षिय शोभा कुमारी सुनार सोनीलाई पक्राउ गरेकाे साेमबार पत्रकार सम्मेलन मार्फत जानकारी बनाएकाे छ ।

पत्रकार सम्मेलनमा प्रहरी नायब उपरिक्षक नमराज भट्टराईले सिर्जना बुढा बोहरा हत्यामा प्रत्यक्ष संलग्न भएको र शोभा कुमारी सुनारलाई प्रमाण लुकाउन संलग्न भएको आरोपमा पक्राउ गरिएको जानकारी दिएका छन् । बोहराले मृतक बुढाथोकीसँग हिमचिम बढाएर गहना र पैसा लुट्ने मनसायले ढुंगाले कन्चटमा हानेर हत्या गरेको प्रहरीकाे प्रारम्भिक अनुसन्धानमा खुलेकाे छ।
बाेहराले बुढाथोकीको हत्या गरेर एक थान मोबाईल, पोते, सुनको एक थान सिक्रि, सुनकाे एक थान तिलहरी, सुनका कानबाली एक जाेडा र सुनकाे चन्द्रमा लुटेको प्रमाण प्रहरीले फेला पारेको छ । त्यस्तै घटनास्थलबाट रगतजस्ताे देखिने राताे पदार्थ लागेकाे लाम्चाे, चेप्टाे ढुंगा लाेराे पनि बरामद भएकाे जनाएकाे छ ।

लुटिएका सुनका गहना खलंगा बजारमा सुनचाँदी व्यवसाय गर्ने सोनीले बिना बिल, बजार मूल्य भन्दा पचास हजार कम मूल्यमा खरिद गरेर गालेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएकाे छ । साेनीले एक लाख ८४ हजारमा बाेहराबाट सुन किनेकाे बताइएकाे छ ।आरोपी दुबैजनालाई प्रहरीले कर्तव्य ज्यान एवम् डाँका तथा आपराधिक उपद्र शिर्षकमा मुद्धा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । दुबै जना प्रतिवादीहरुलाई रुकुम जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।

जिल्लाको मुसीकोट नगरपालिका –१ सल्लेमा रहेको आफ्नै घरभित्र बुढाथोकी मृत अवस्थामा भेटिएकि थिईन । बाहिर ताला लगाएको अवस्थामा आफ्नै घरमा मृत अवस्थामा भेटिएकोले घटना शंकास्पद रहेको भन्दै प्रहरीले कर्णाली प्रदेश प्रहरी कार्यालयबाट बिशेष प्रहरी टोली र कर्णाली प्रदेश केनाईन शाखा कोहलपुर बाँकेबाट तालिमप्राप्त कुकुरकाे सहायताले  अनुसन्धान सुरु गरेको थियो ।

याे घटनामा स्थानियकाे पनि सहयाेग प्रहरी घटनामा संलग्नलाई पक्राउ गर्न  सफल भएकाे थियाे । सल्लेमै दुई वर्ष अगाडि पनि एकजना महिलाकाे हत्या भएपनि घटनामा संलग्न पक्राउ पर्न सकेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *