रुकुम पश्चिममा ४१ औं बिपि स्मृति दिवश मनाईयाे

रेखदेख संवाददाता
साउन ६, रुकुम ।

रुकुम पश्चिममा ४१ औं बिपि स्मृति दिवश मनाएकाे छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिमकाे आयाेजनामा बिपि स्मृति दिवश मनाएकाे हाे ।
रुकुम पश्चिम स्थित बराटाकुरामा रहेकाे बिपिचाेकमा एक कार्यक्रमकाे बिचमा विपिकाे सालिकमा माल्यार्पन गरिएकाे छ । नेपाली काँग्रेस जिल्ला कार्य समितिका सचिव प्रमेश्वर भण्डारीकाे सञ्चालनमा कार्यक्रम गरिएकाे थियाे ।


नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर राेकायले प्रमुख आथित्यतामा भएकाे कार्यक्रम नेपाली काँग्रेस कर्णाली कार्यसमिति सदस्य सीता ओली, नेपाली काँग्रेस जिल्ला कार्यसमिति उपसभापति हर्कसिंह खत्री, सह-सचिव यज्ञ बिष्ट,मुसीकाेट नगरपालिकाका प्रमुख तथा नेपाली काँग्रेस प्रदेश सभा “क” क्षेत्रीय सभापती महेन्द्र केसी, मुसिकाेट नगरसभापति प्रेम ओली, शिक्षक संघका अध्यक्ष डम्बर बहादुर खड्का, निजामती कर्मचारी युनियन देवबहादुर ओली, ट्रेेड युनियन काँग्रेसका अध्यक्ष देवबहादुर खड्का, नेपाल दलित संघका सभापति प्रवीर ददेल, नेपाली काँग्रेस महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि, जिल्ला कार्यक्रम समिति सदस्य, वडा सभापतिहरू, वडाध्यक्षहरूलगायतकाे उपस्थित रहेकाे थियाे ।

नेपाली संस्थापक सभापति विपि काेईरेला १९७१ भदाै२४ गते जन्म भई २०३९ साउन६ गते मृत्यु भएकाे थियाे । जननायक विपि काइरेला राजनितीका शिखर ब्यक्तित्वका साथै साहित्यकार पनि हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *