नेपाली काँग्रेस मुसीकोट ११ को वडा सम्मेलन सम्पन्न
रेखदेख संवाददाता
रुकुम । नेपाली काँग्रेस मुसीकोट नगरपालिका वडा नं. ११ को वडा सम्मेलन सम्पन्न गरिएको छ । नेपाली काँग्रेस मुसीकोट वडा नं. ११ का वडा सभापति चिताराम ओलीको अध्यक्षता र नेपाली काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृष्णबहादुर रोकायको प्रमुख आथित्यता र नोपली काँग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिमका सहसचिव यज्ञबहादुर विष्टको विशेष आथित्यतामा मुसीकोट नगरपालिका वडा नं. ११ को वडा सम्मेलन सम्पन्न गरिएको हो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकायले पार्टीको संगठनको अवस्था, स्थानीय निर्वाचन र प्रदेश र संघीय निर्वाचनमा नेपाली काँग्रेसले गरेको गठबन्धनको औचित्यको बारेमा जानकारी गराएका थिए । त्यस्तै नेपाली काँग्रेसका जिल्ला कार्यसमितिका सहसचिव यज्ञबहादुर विष्टले रुकुम जिल्लाका प्रत्येक वडामा नेपाली काँग्रेसका गतिविधी बढाउन, भातृसंस्था र शभेच्छुक संस्थालाई सक्रिय बनाउन आग्रह गरेका छन् । उनले भने, “पार्टीका सबै भातृसंस्था र शुभेच्छुक संस्था सक्रिय नहुँदा पार्टी कमजोर भएको बताए ।”
वडा सम्मेलनको उद्देश्य, औचित्यको बारेमा नेपाल दलित संघका सभापति तथा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य प्रविर ददेलले प्रष्ट पारेका थिए । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति टोपबहादुर खड्का, पूर्व नगरसचिव कृपाराम खड्का, पूर्व गाविस अध्यक्ष शसीराम ओलीलगायतको आथित्यता रहेको थियो । सम्मेलनमा नेपाली काँग्रेस कृयाशिल सदस्यहरूलाई सकृय बनाउने, भातृ संस्था, टोल समिति लगायत गठन गरिने जनाएको छ । कार्यक्रम सञ्चालन नेपाली काँग्रेस वडा नं. ११ का नेता गंगालाल ओलीले गरेका थिए ।