नेपाली काँग्रेस मुसीकाेट १३ काे वडा सम्मेलन सम्पन्न
रेखदेख संवाददाता असार १६, रुकुम । नेपाली काँग्रेस मुसीकाेट नगरपालिका वडा नं. १३ काे वडा सम्मेलन गरिएकाे छ । नेपाली काँग्रेस मुसीकाेट वडा नं. १३ का वडा सभापति दलबहादर खत्रीकाे अध्यक्षता र नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिमका काेषाध्यक्ष माेहबिर खड्काकाे प्रमुख आथित्यतामा सम्मेलन सम्पन्न गरिएकाे हाे ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्य समिति सदस्य खम्बु खड्का, नबराज गिरी,हिरा गहतराज, चन्द्रबहादुर ओली, भिमबहादुर बिष्ट,नमुना खड्का बिष्ट, मुसीकाेट नगरपालिका वडा नं. १४ का वडाध्यक्ष गाेबर्धन ओली, नेपाल दलित संघ रुकुमका सभापति प्रवीर ददेल, नेपाली काँग्रेस मुसीकाेट १३ का नेताहरू यज्ञबहादुर ओली, बलबिर ओली, ज्ञानबहादुर ओलीलगायतकाे आथित्यता रहेकाे थियाे ।
सम्मेलनमा नेपाली काँग्रेस कृयाशिल सदस्यहरूलाई सकृय बनाउने, भातृ संस्था, टाेल समिति लगायत गठन गरिने जनाएकाे छ । कार्यक्रम सञ्चालन नेपाली काँग्रेस वडा नं. १३ का नेता कुमार केसीले गरेका थिए ।

