नेपाली काँग्रेसले रुकुम पश्चिमका ७३ वडामा सम्मेलन गर्ने
रेखदेख संवाददाता
असार ११रुकुम । नेपाली काँग्रेस रुकुम पश्चिमले ७३ वटै वडामा सम्मेलन गर्ने भएकाे छ । आगामी असार २० गते भित्र रुकुम पश्चिमका ७३ वटै वडामा वडा सम्मेलन गरि पार्टीका गतिविधी चलायमान बनाउने भएकाे छ । नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिमकाे जेठ २५ गते बसेकाे बैठकले नेपाली काँग्रेसकाे बिधान अनुसार वडा, पालिका र जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे थियाे । जस अनुसार प्रत्येक पालिकामा अगुवा कार्यकर्ता भेला र वडा सम्मेलनकाे तयारी बैठक बसेर वडा सम्मेलनकाे तयारी गरिकाे नेपाली काँग्रेस जिल्ला कार्यसमिति रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले जानकारी दिएका छन् । उनले भने, प्रत्येक पालिका स्तरमा बैठक सकेर वडा सम्मेलनकाे तयारी गरिएकाे छ ।
नेपाली काँग्रेस रुकुम पश्चिमकाे समन्वय र स्थानियतहकाे आयाेजनामा बाँफीकाेटमा असार ५ गते आठबिसकाेटमा असार ७ गते, चाैरजहारीमा असार ८ गते, त्रिबेणीमा असार ९ गते र मुसीकाेट नगरपालिकामा असार ११ बैठक बसेकाे थियाे । भने सानीभेरीमा असार १२ गते पालिका स्तरमा बैठक बस्ने भएकाे छ । असार २० गते भित्र वडा सम्मेलन, असार मसान्तसम्म पालिका सम्मेलन र साउन ६ गते जिल्ला सम्मेलन गर्ने तयारी रहेकाे नेपाली काँग्रेसका सचिव प्रमेश्वर भण्डारीले जानकारी दिएका छन् ।
आज मुसिकाेट नगरपालिकामा भएकाे बैठक नगर सभापति प्रेमबहादुर ओलीकाे अध्यक्षता भएकाे थियाे ।बैठकमा नेपाली काँग्रेस कर्णाली प्रदेश महामन्त्री कृण्णबहादुर राेकाय, नेपाली काँग्रेस जिल्ला सभापति प्रेम प्रकाश ओली,कर्णाली प्रदेश सदस्य सीता ओली, जिल्ला सचिव तारकबहादुर शाही, प्रमेश्वर भण्डारी, सहसचिव यज्ञ बिष्ट, काेषाध्यक्ष माेहबिर खड्का, महासमिति सदस्य मनिषा राेकाय, यज्ञबहादुर परियार, नेपाली काँग्रेस प्रदेश “क” का सभापति तथा मुसीकाेट नगरपालिका मेयर महेन्द्र केसी, वडाध्यक्ष, पार्टीका वडासभापति भातृ संस्थाका प्रमुख लगायतकाे आथित्यता रहेकाे थियाे । पार्टीमा बाेल्ने बक्ताहरूले काँग्रेस सुदृढीकरण अभियानलाई टाेल टाेलसम्मै चलाउनु पर्ने धारणा राखेका थिए ।

