छेराका वेपत्ता लोकबहादुर केसीको शब भेटियो

रेखदेख संवाददाता
चैत ७, रुकुम ।
रुकुम पश्चिममा ७ दिन देखि बेपत्ता पुरुषको शव भेटिएको छ । जिल्लाको मुसीकोट नगरपालिका वडा नम्बर ३ छेरा बस्ने अन्दाजी ६० बर्षिय लोकबहादुर केसी वेपत्ता शब गाडिएको अवस्थामा मुसीकोट नगररपालिका वडा नं. ३ छेरादेखी माछ्मी जाने सडक खण्डको कालाखोला गड्याङ भन्ने स्थानमा देखी ५०÷ ६० मिटर तल माटोमा गाडिएको अवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।


लोकबहादुर केसी चैत्र १ गते बिहान घासँ काट्न नजिकको काल्लामा गएको छोरा भिमबहादुर केसीले बताए । उनले भने, बोल्न नसक्ने लोकबहादुर घाँस काट्न भनि चैत १ गते घरबाट निस्केको जनाएको छ ।  बुवा घर नफर्केपछि चैत २ गते प्रहरी चौकीमा निवेदन दिएको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रनाउ नमराज भटराईको नेतृत्वको टोलीले कुकुरको सहायताबाट खोजी गर्दा मंगलबार मृतकको शब भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भटराईले जानकारी दिएका छन् ।
त्यस क्षेत्रमा बाटो निर्माणको काम भईरहेको र ढुगा लागेर मृत्यू भएपछि शब गाडिएको आशंका गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा केही जना पक्राउ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *