रुकुम महाेत्सवमा अभिनेता पहल शाहकाे हाईहाई
रेखदेख संवाददाता
चैत १,रुकुम ।
नेपालका चर्चित मोडल तथा अभिनेता पल शाहको स्वागतका लागि रुकुममा पश्चिममा आज मानव ‘सागर’ उर्लिएको छ । जेलबाट मुक्त भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुन हेलिकाेप्टर मार्फत रुकुम पुगेका पल शाहलाई हेर्नका लागि हजारौं दर्शकहरु सदरमुकाम खलंगाको बराहटाकुरामा पुगेका हुन । अभिनेता पल शाह पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुनका लागि सदरमुकाम मुसिकोट खलंगामा आयोजित साँस्कृतिक तथा व्यापारिक महोत्सवमा पुगेका छन् ।
अभिनेता पल शाह रुकुम महाेत्सवमा चर्चासंगै गाउँ- गाउँबाट मानिसहरु मुसिकोटमा जम्मा भएकाे महाेत्सव आयाेजक संस्था राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठानका अध्यक्ष तुल देवकाेटाले बताए । उनले भने, सामान्य दिनको भन्दा दोब्बर प्रवेश शुल्क राखिएपनि दर्शकले बराहटाकुरा खचाखच भरिएको छ।´ महोत्सवमा पुगेका अभिनेता पल शाहलाई हजारौं दर्शकहरुले भव्य स्वागत गर्दै पल शाह हाईहाई भन्दै हुटिङ समेत गरेका थिए। अभिनेता पल शाहले महोत्सवमा कुनै प्रस्तुति भने राखेका थिएनन । आफु केही समयपछि नियमित काममा फर्किने बताउँदै नायक शाहले पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुन पाउँदा खुसी लागेको बताए ।
उनले जेलमा रहँदा आफुले थप हजारौं सुवेच्छुकहरु कमाएको बताएका छन्न । उनले भने, मैले जेलमा रहदा हजारौं आमाहरु कमाए, हजारौं बुवाहरु पाए, हजारौं दाजु भाइ दिदी बहिनीहरु थपिए, आज खुला कार्यक्रममा आउँदा धेरै खुसी छु । `जेललाई आफुले विश्वविद्यालयको रुपमा लिएको जनाएका छन् । ‘जेलमा ठूलो ज्ञान आर्जन गरे, विभिन्न अनुभवहरु भए, जेल त विश्वविद्यालय रैछ उनले भने, तर अहिले जेल भन्दा डर लाग्ने गरेकाे समेत बताएका छन् । ’ पल शाहलाई हेर्न रुकुम पश्चिम महोत्सवमा करिब ५ हजार बढी दर्शकहरु आएको आयोजकले जनाएको छ । फागसन २६ गते देखि सुरू भएकाे रुकुम कृषि, उद्योग, व्यापार तथा सांस्कृतिक महाेत्सव चैत ७ गते सम्म सञ्चालन हुने महाेत्सव आयाेजक संस्थाका संयाेजक डिल्ली परियारले बताएका छन् ।