रुकुमका गाउँ गाउँमा नेपाल शिक्षक संघको भर्ना अभियान
रेखदेख संवाददाता
बैशाख १२, रुकुम ।
नेपाल शिक्षक संघ रुकुम पश्चिमले विद्यार्थी भर्ना अभियान २०८० सञ्चालन गरेको छ । नेपाल शिक्षक संघ रुकुम पश्चिमले जिल्लाका ६ वटै स्थानीयतहमा भर्ना अभियान सञ्चालन गरेको हो ।
समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरिय शिक्षा सबैको अभियान भन्ने मुल नाराका साथ २०८० सालको भर्ना अभियान सञ्चालन गरेको नेपाल शिक्षक संघ रुकुम पश्चिमका अध्यक्ष डम्बर बहादुर खड्काले जानकारी दिएका छन् । उनले भने, नेपाल शिक्षक संघले रुकुम पश्चिमका सबै पालिकाहरुमा बैशाख १० गते देखी १६ गते सम्म भर्ना अभियना सञ्चालन गरेको छ । विद्यालय उमेर समूहका वालबालिकाहरु विद्यालयको पहुँच भन्दा बहिर कोही पनि नरहनु भन्ने उद्देश्यले भर्ना अभियान सञ्चालन गरेको जनाएको छ ।
नेपाल शिक्षक संघ मुसीकोट नगरकार्य समितिले रुकुम पश्चिमको सदरमुकाम खंलगा बजार, बागबजार, सेरिगाउँ, मठ, पातुखोला, सल्ले लगायतकाृ ठाउँमा भर्ना अभियान सञ्चालन गरेको नेपाल शिक्षक संघ मुसीकोट नगर अध्यक्ष यज्ञ ओली बताए ।नेपाल शिक्षक संघ कर्णाली प्रदेशको २०८० बैशाख ७ गते बसेको कर्णाली प्रदेश कार्यसमिति बैठकको निर्णयले कर्णालीका १० जिल्लामा भर्ना अभियान सञ्चालन गरेको नेपाल शिक्षक संघ रुकुम पश्चिमका विशिष्ट सदस्य सुनिल शाह जानकारी दिएका छन् । उनका अनुसार रुकुम पश्चिमका ६ वटै पालिकाका गाउँ गाउँमाा पुगेर नेपाल शिक्षक संघ सम्वन्धित पालिका कार्य सतितिले भर्ना अभियान सञ्चालन गरेको छ ।

