रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरु

रेखदेख संवाददाता ।
रुकुम कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव सुरू भएको छ । मुसिकोट नगरपालिका वडा नम्वर १ खंलगा स्थित बराहटाकुरामा महोत्सव सुरु भएको हो । आज एक कार्यक्रमका बिच महोत्सवको मुसिकोट नगरपालिका प्रमुख महेन्द्र केसीले उद्घाटन गरेका हुन् ।
“रुकुम पश्चिम समृद्धिको आधार, कला सस्कृति, पर्यटन विकास र उद्योग व्यापार” भन्ने मुल नाराका साथ राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमको आयोजना र कला सस्कृति पर्यटन प्रवद्र्धन मञ्च रुकुम पश्चिमको सह–आयोजनामा महोत्सव सञ्चालन गरिएको हो ।

महोत्सव उद्घाटन समारोहमा जिल्लाका विभिन्न स्थानहरुबाट ल्याईएका झाँकीहरु प्रदर्शन गरिनुका साथै साँस्कृतिक प्रस्तुतीहरु प्रस्तुत गरिएको थियो ।

महोत्सव मूल आयोजक समितिका संयोजक डिल्ली परियारका अनुसार १२ दिनसम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय कलाकारहरुको प्रस्तुती, हरेक दिन लाईभ दोहोरी, स्थानीय कला र सस्कृतिको प्रदर्शनी हुने आयोजकले जनाएको छ । महोत्सवमा एक सय स्टलहरु रहेका छन् ।

राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रुकुम पश्चिमका अध्यक्ष तुल देवकोटाको अध्यक्षतामा भएको महोत्सव उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख आथित्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्तको बिशेष आथित्यता रहेको थियो । उद्घाटन कार्यक्रममा सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, पत्रकार लगायतको आतिथ्यता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *