चौरजहारीको सितल क्यापसमा नेपाल विद्यार्थी संघको तालाबन्दी

रेखदेख संवाददाता
फागुन २७, रुकुम ।
रुकुम पश्चिमको सितल क्यापसमा तालाबन्दी गरिएको छ । नेपाल विद्यार्थी संघ चौरजहारीले स्ववियू निर्वाचनमा मनपरी तरिकाले फर्जि विद्यार्थीको नाम सार्वजनिक गरेको भन्दै चौरजहारी स्थित सितल क्यापसमा तालावन्दी गरेको नेपाल विद्यार्थी संघले अनिश्चितकालको लागि तालाबन्दी गरेको हो ।

सितल क्यापसमा रहेका सबै विद्यार्थीको संगठनहरुको हैसियत अनुसार प्रारम्भिक सहमतिमा पदीय भागबण्डा गर्ने भएपनि अन्तयमा अखिल क्रान्तिकारी र अनेरास्वियूले सितल क्यापस प्रशासनसँग मिलेर एकलौटी गर्न थालेपछि क्यापस प्रशासन बन्द गरेको नेपाल विद्यार्थी संघ सितल क्यापस ईकाइ सभापति सागर आचार्यले रेखदखलाई जानकारी दिएका छन् । उनले भने क्यापस प्रशासनले नेपाल विद्यार्थी संघले गरेको तालाबन्दीलाई कजोरी ठानेमा त्यसबाट उत्पन्न परिस्थितको जिम्मा लिन समेत क्याम्पस प्रशासनलाई आग्रह गरेको बताए । उता सितल क्यापस चौरजहारीका प्रमुख रमेश लामिछानेले विधि अनुसार स्ववियू निर्वाचन प्रक्रिया अगाडि बढ्ने र क्यापसमा कुनैपनि फर्जि विद्यार्थी भर्ना नगरेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *