नेपाल शिक्षक संघ रुकुम पश्चिमको अध्यक्षमा डम्बर खड्का

 

रेखदेख संवाददाता
फाल्गुन ९, रुकुम । नेपाल शिक्षक संघको अध्यक्षमा डम्बर खड्का सर्वसहमतिमा चयन भएका छन् । गत आईतबार भएको नेपाल शिक्षक संघ रुकुम पश्चिम जिल्लाको नवौं अधिवेशनबाट डम्बर खड्का अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको हो । जसमा उपाध्यक्ष महिलामा प्रभा कुमारी थापा क्षेत्री, उपाध्यक्ष शंकर कुमार रावल, सचिवमा खड्कबहादुर डिसी, सचिव अर्थ डिल्लीबहादुर डाँगी, सह सचिव यज्ञबहादुर ओली, सहसचिव अर्थ महिलामा मञ्जु केसी, सहसचिव समावेशीमा मञ्जीत ओली, सुधिरकुमार केसी, सह सचिव महिलामा शारदा पुन, सदस्यहरुमा गणेश खड्का, आशाराम केसी, मानबहादुर ओली, कृष्णबहादुर केसी, बलविर पुन लगायतको नयाँ कार्यसमिति चयन भएको हो ।
त्यस्तै संघीय महाधिबेशन प्रतिनिधीमा तारा चन्द, ठकेन्द्र प्रसाद आचार्य, शारदा आचार्य र खिमबहादुर खड्का चयन भएका छन् । भने प्रदेश प्रतिनिधीमा मानबहादुर चन्द , आशिराम ओली, दामोदर शर्मा, विमला गौतम, जयकुमारी ओली चयन भएका छन् । नब निर्वार्चित नयाँ कार्यसमितिलाई नेपाली काँग्रेस प्रदेश महामन्त्री कृष्णबहादुर रोकाय, नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सभापति प्रेमप्रकाश ओली, नेपाली काँग्रेसका नेता तथा पुर्व राज्यमन्त्री गोपाल जीजंग शाह लगायतले बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेको जनाएको छ । रुकुम पश्चिममा नेपाल शिक्षक संघका केन्द्र सदस्य धिरेन्द्र शाही केन्द्रीय प्रतिनिधीको रुपमा खटिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *