रुकुम पश्चिममा नेपाल शिक्षक संघकाे ९ औंं अधिबेशनकाे उद्घाटन

फागुन ७, रुकुम
रेखदेख संवाददाता । नेपाल शिक्षक संघ रुकुम पश्चिमकाे ९औ जिल्ला अधिबेशन सुरू भएकाे छ । रुकुम पश्चिमकाे बालमन्दिर हलमा नेपाल शिक्षक संघकाे अधिबेशन सुरू गरिएकाे हाे ।
कार्यक्रम नेपाल शिक्ष संघका अध्यक्ष तारा चन्दकाे अध्यक्षता र नेपाल शिक्षक संघका केन्द्रीय सदस्य धिरेन्द्र शाहकाे प्रमुख आथित्यता रहेकाे छ । त्यस्तै कार्यक्रमकाे विशिष्ट अथितिमा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर राेकाय, नेपाली काँग्रेस जिल्ला सभापति प्रेम प्रकाश ओली, नेपाली काँग्रेस महासमिति सदस्य तिलक भण्डारी, नेपाल शिओक महासंघका प्रेमबहादुर खड्का, नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष गणेश केसी, अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शेरबहादुर केसी लगायत नेपाली काँग्रेस जिल्ला कार्य समितिका पदाधिकारी, भातृ संस्थाका प्रमुख लगायतकाे आथित्यता रहेकाे थियोे ।
कार्यक्रमकाे सहजिकरण नेपाल शिक्षक संघका सचिव खिमबहादुर खड्काले गरेकाे जनाए छ । कार्यक्रम अथिति तथा सहभागिहरूलाई नेपाल शिक्षक संघका उपाध्यक्ष शंकर रावलले गरेका छन् ।
उद्घाटन कार्यक्रम पछि बन्दसत्र मार्फत नेपाल शिक्षक संघ रूकुम पश्चिममा नयाँ नेतृत्व समेत चयन गर्ने नेपाल शिक्षक संघका अध्यक्ष तारा चन्दले जानकारी दिएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *