मुसीकाेट क्षेत्रभित्रका सहकारीका समस्या बुझ्न छलफल
रेखदेख संवाददाता
फागुन ९, रुकुम ।
मुसीकोट नगरपालिकाले सहकारी क्षेत्रका समस्या चुनौती बुझ्न छलफल गरेको छ । मंगलबार मुसीकोट नगरपालिकाको सभाहलमा एक कार्यक्रमको आयोजना गरी मुसीकोट नगरक्षेत्र भित्रमा दर्ता भएका सहकारी संस्थाको छलफल गरिएको हो ।
छलफल कार्यक्रममा मुसीकोट क्षेत्रभित्र दर्ता भएका ६२ वटा प्रदेश स्तर र संघ स्तरका सहकारीका सञ्चालक र व्यवस्थापक गरी दुई जनाको सहभागि रहेको आर्थिक विकास शाखाका कर्मचारी लोकबहादुर केसीले जनाए । उनले भने, ३५ वटा सहकारी संस्था सक्रीय रहेका छन्, भने बाँकी केही निष्कृय रहेको उनको भनाई छ ।
मुसीकोट नरपालिकाका नगप्रमुख महेन्द्र केसीले मुसीकोट क्षेत्र भित्र दर्ता भएका सहकारीहरुलाई सक्रिय बनाउने र निष्कृयलाई खारेजी तथा मर्मजको अभियान चलाउने जनाएका छन् । कार्यक्रममा मुसीकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, उपप्रमुख विमल पुन प्रमुख प्रशासकीय अधिकृत विनाराम खड्का लगायतको आथित्यता रहेको थियो ।