रुकुम पश्चिममा कृषि, पर्यटन, व्यापार तथा साँस्कृतिक महाेत्सव हुने
रुकुम पश्चिम समृद्धिकाे आधार, कला संस्कृति , पर्यटन बिकास र व्यापार भन्ने नाराकाे साथ महाेत्सव हुने भएकाे आयाेजक संस्थाका संयाेजक डिल्ली परियारले जनाएका छन् ।
शनिबार रुकुम सदरमुकाम मुसिकाेट स्थित हाेटेल शिशिर गेष्ट हाउसमा पत्रकार सम्मेलनकाे आयाेजना गरि महाेत्सवकाे बारेमा जानकारी गराएका हुन् ।
महाेत्सव राष्ट्रिय लाेक तथा दाेहरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुकुम पश्चिमकाे आयाेजना र कला सांस्कृतिक पर्यटन प्रवर्दन मञ्च रुकुम पश्चिम सह- आयाेजककाे रूपमा रहेकाे छ । रुकुम पश्चिमकाे कृषि, पर्यटन र कला सास्कृतिक प्रवर्दन गर्ने लक्ष्य राखिएकाे छ । महाेत्सव ११ दिन सञ्चालन हुनेछ ।


