चाैथाे गाउँपालिका स्तरिय रनिङ शिल्ड हुकाममा

बसम मल्ल रेखदेख संवाददाता। रुकुम पुर्वकाे पुथाउत्तरगंगा गाउपालिकामा चाैथाे गाउँपालिका स्तरिय रनिङ शिल्ड हुकाममा सुरू भएकाे छ ।  देउराली माध्यामिक विद्यालय हुकाममा चाैथाे गाउँपालिका स्तरिय रनिङ शिल्ड हुकाममा उद्घाटन गरिएकाेफहाे । चौथो गाउँपालिका स्तरीय रनिङ शिल्डमा ८ वटै विद्यालय समावेस भएका छन् ।

 

उद्घाटन कार्यक्रम लुम्बिनी प्रदेश सभाका सदस्य सरुल पुन अजय शक्ति प्रमुख आथित्यता रहेकाे थियाे । विशेष अतिथीमा लुम्बिनी प्रदेश सभा सदस्य सारिका पुन, दिलुकुमारी बुढा गाउँपालिका अध्यक्ष पुनिराज घर्ती उपाध्यक्ष भुपेन्द्रा बुढा लगायतकाे आथित्यता रहेकाे थियाे ।

कार्यक्रमकाे अध्यक्षता देउराली मावि हुकामका वि. व्य.स. अध्यक्ष गन बहादुर घर्ती र सन्चालन देउराली मावि हुकामका प्रधानाध्यापक दयाराज पुनले गरेका थिए । स्वागत मन्तब्य सामाजिक विकास समिति संयोजक टीकासाई घर्तीले गरेकाे जनाएकाे छ । विद्यालयले कार्यक्रममा विविध प्रतिभा तथा सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।
रनिङ शिल्ड यहि ८ गते सम्म हुनेछ ।

साथै कार्यक्रममा २०७८ सालको लुम्बिनी प्रदेश स्तरीय एथलेटिक्स तर्फको ३ हजार मिटरको छात्रा दौडमा स्वर्ण पदक र केन्द्रिय स्तरको ३ हजार मिटरको दौडमा रजक पदक बिजेता पर्वत मावि कोलकी छात्रा दिलकुमारी छ्न्त्याल लाई समेत सम्मान गरिएकाे जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *