मुसीकोट नगरपालिकाकाे आवधिक योजना निर्माण गर्दै
रेखदेख संवाददाता । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा आवधिक योजना तर्जुमा सम्वन्धि पूर्व कार्यशाला गोष्ठी सम्पन्न भएकोे छ । मुसीकोट नगरपालिकाको आयोजना र हेड लाईट प्रालि काठमाण्डौको सहजिकरणमा दुई दिने कार्याशाला गोष्ठी सम्पन्न भएको होे ।
कार्यशाला गोष्ठीमा आवधिक योजना बनाउने प्रक्रिया, योजना निर्माणका ५ सूचक, आर्थिक बिकास, वन तथा बातावरण, सुशासन र व्यवस्थापन, भौतिक पूर्वधार तथा निर्माण र सामाजिक विकासका सूचक निर्धारण र निर्माण गरिनुका साथै योजनाको कार्यान्वनका सम्भावना, अवसर तथा समस्याहरु समेत निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत बिनाराम खड्काले जानकारी दिएका छन् ।
उनकाअनुसार यहि फागुण ७ गते देखि वडा स्तरीय आवधिक योजना तर्जुमा सम्बन्धी पूर्व कार्यशाला गोष्ठी सञ्चालन गर्ने निर्णय पनि भएको छ । फाल्गुण ७ गते देखि वडानम्बर १ बाट सुरु हुने कार्यशाला गोष्ठी क्रमश फागुण २० गते वडानम्बर १४ मा गएर आवधिक याेजना निर्माण गरिनेछ ।

कार्यशाला गोष्ठीको सहजीकरण नेपाल सरकारका पूर्व सहसचिव रमेशकुमार अधिकारी र समाजशास्त्री कर्णबहादुर नेपाली र हेड लाईट प्रा.लिका पुस्तक चन्दले गरेका थिए ।
नगरप्रमुख महेन्द्र केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठी नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका प्रमुख, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रमुख, शिक्षक, स्थानीय नागरिक सहित पत्रकारको सहभागिता रहेको थियो ।

