पेल्मा र ताताेपानी जाेड्ने झाेलुङगेल निर्माण कार्य अन्तिम चरणमा
बसम मल्ल
रेखदेख संवाददाता रुकुम पुर्व ।
रुकुम पुर्ब पुथाउत्तरगंगा गाउँपालिका वडा नं २ काे पेल्मामार ताताे पानी जाेड्ने झाेलुङगे पुल निमार्णकाे काम अन्तिम चरणमा पुगेकाे छ । रुकुम पुर्ब पुथाउत्तरगंगा गाउँपालिका वडा नं २ काे पेल्मामा रुकुम पुर्बको राष्ट्रिय गौरबको आयोजनाको रुपमा रहेकाे झाेलुङगे पुल निर्माणकाे काम अन्ति चरणमा पुगेकाे हाे ।
गत आर्थिक वर्ष २०७६/०७७ बाट निर्माण कार्य सुरू भएकाे झाेलुङगे पुलकाे चालू बर्षकाे फागुन मसान्तसम्म निर्माण सक्ने पर्ने छ । निर्माणकाे काम खडका कृष्ण बाबिरो जि बि कम्पनिले लिएकाे छ । संघिय सरकारकाे रू ३ करोड ७८ लाख लागतमा पुल निर्माणलभईरहेकाे स्थानीयले बताएका छन् ।
पुलको लम्बाई ३४२ मिटर लामो रहेको छ। यो पुल पेल्मा र तातोपानी जोडेर झार्लुङ हिम गुईबाङ दुले जुनाङको दुरि कम गर्ने छ । यो पुल निर्माण भएछि पर्यटकको लागि पनि पर्यटकीय गन्तव्य बन्ने छ । नजिकैमा रहेको तातोपानी कुण्ड छ । तातोपानीमा नुहाउदा बाथ रोग ग्यास्टिक नसा सम्बन्धि रोग चर्मरोग हरु तातोपानीमा नुहाउदा निको हुने भनाई रहेको छ यो आयोजना पेल्मालीहरुको लागि ठूलो आयोजना हो ।

