प्रणय दिवस : एक स्मरण (आफ्नै कथा)

माेहन आचार्य
ग्रामीण परिवेश हुनुको कारण सानैमा बिवाह गर्ने सामाजिक संस्कार नै बनेको थियो । ६/७ कक्षा पढ्दादेखी नै बिवाह सुरु हुन्थे । कक्षा १० पुग्दासम्म लगभग सबैले बिवाह गरिसकेका हुन्थे ।  सामाजकै एक सदस्य म पनि त्यसबाट अछुतो हुने कुरा थिएन । विवाह भन्ने बित्तिकै लाजले भुतुक्कै हुने उमेर थियो । विवाह जिम्मेवारीको भारी हो भन्ने पत्तै थिएन । सबैले विवाह गरिरहेको देखेर बरु एक प्रकारको रहर पलाएको हुन्थ्यो । परिवार तथा आफन्तबाट विवाहको लागि अनेक विकल्प खोजिए । निकै निकट पुगेका प्रस्ताव पनि अन्तिममा फेल भए । भाग्यको मार्गलाई कसैले परिवर्तन गर्न सक्दैन भन्ने कुरा हाम्रो प्रेममा पनि मेल खायो । उनिसग कक्षा ६ देखि नै सगै पढ्ने अवसर जुटेको थियो । कक्षा ६/७ तिर उनी पढाइमा अग्रस्थानमा थिइन । मेरो स्थान नोटिस गर्नलायक थिएन(पछी म राम्रो भए) । उनी शिक्षकको बहिनी थिइन । पढाइमा राम्रो भएपछी बिवाह बिस्तारै गर्नुपर्छ भन्ने रहेछ । तर मेरो बाध्यता फरक थियो । सानो परिवारमा काम सघाउने बुवारी चाहिएको थियो । घरमा बुहारी भित्र्याएर छोरालाई शहर पढ्न पठाउने बुवाआमाको सपना थियो ।  यसको लागि एसएलसी अघि नै विवाह गर्नुपर्ने दबाब परिसकेको थियो । वुवाको दौडधुपले मैले यति चाल पाइसकेको थिए ।

निर्णय गर्न सक्ने क्षमता मेरो सानैदेखि अजिबको छ । जस्ता जोखिम लिएर पनि निर्णय गर्न सक्छु । बुवालाई म आफै खोज्छु भन्ने प्रस्ताव गरे । बुवाले पनि हुन्छ भन्नुभयो । एकदिन मेरा आत्मिय साथिहरुसग यो कुरा सुनाए । ती साथी मध्ये एकजना उनी(रिता) कै गाउतिरको हुनुहुन्थ्यो । उहाले उता नि बुझ्नुभएछ । हासखेलमै कुरा सुरु भयो । चिट्ठीपत्रको आदानप्रदान भयो । प्रेमको बिरुवा हुर्कन थाल्यो । त्यतिबेला प्रणय दिवसको समेत पत्तो थिएन भने अन्य लामो प्रक्रियाको त झन के पत्ता हुनु ? आपसमा कुरा हुँदै गए । मुस्किलले ३/४ वटा पत्र आदानप्रदान भए होलान । एकपटक भेटेर पनि कुरा गरियो । यतिमा लगभग सम्पुर्ण टुंगो लाग्यो । हाम्रो विवाह भयो । कस्तो संयोग ? हामी विवाहको यज्ञमा बसेकै बेला एसएलसीको नतिजा आइपुग्यो (नतिजा प्रकाशन भएको ६ दिन भैसकेको थियो आउन यति समय लाग्यो) म प्रथम श्रेणीमा उतिर्ण भए उनिलाई अग्रेजी ब्याक लागेछ ।
विवाह लगत्तै म पढ्न नेपालगन्ज पुगे । उनी घरको काम सघाउदै गाउमै पढिन । एक अर्कासग सगै र टाढा गरेर हामीले करिब २ दशक पार गरेका छौ । सानो उमेरमा विवाह गर्दाका नकारात्मक परिणाम खोज्न कहि जानुपर्दैन हाम्रो जोडिलाई सोधे पुग्छ । हाम्रो जोडिले समस्या र दबाबका अनेक हावा हुन्डरी भोग्यो । समस्यै समस्याका पहाड हिड्नुपर्यो । प्राकृतिक रुपमा प्राप्त गर्नुपर्ने चिजको लागि समेत लामो संघर्ष गर्नुपर्यो । हामी यो बिचमा कैयौं रात रोएर कटायौ । दु:खको उचाई देखिने भए सबैभन्दा अग्लो दु:ख हाम्रै हुन्थ्यो होला ! सामाजिक मान्यता र बुझाईसग संघर्ष गर्दागर्दै हाम्रा आकाक्षा निकै साघुरा बनेका थिए । यो अबशरमा हामिले जिवनलाइ राम्रोसँग बुझ्ने अबशर पायौ । दु:खलाई बाड्न सकेको खण्डमा आत्मियता झन बढ्दो रहेछ भन्ने कुरा हामिले आफैबाट प्रयोग गरि सिद्ध गर्यौ । दु:ख र सुखको समान वितरण हुने हो भने हामिले दु:खको चरण पार गरेजस्तो लाग्छ । तर केही छैन अब त दु:खलाई पनि नियमित अनुसरण गर्न सक्ने सहास पलाइसकेको छ । एक अर्का बिचको बिश्वासले मायाको दियोमा निरन्तर घ्यु थप्न सक्छ तर अबिस्वासले मायाको दियो एकैछिनमा निभाउन सक्छ । एक अर्काप्रती बिश्वास गरौ । संसारका सम्पुर्ण जोडिलाई प्रणय दिवसको हार्दिक शुभकामना !! लेखककाे सामाजिक सञ्जालबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *