गुरिल्ला म्याराथनको उपाधी दुर्गा र मञ्जुलाई

फागुन १, रूकुम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको ‘पाँचौ सानीभेरी–मौराखारा–गुरिल्ला म्याराथन’ को उपाधी दुर्गाबहादुर बुढा र मञ्जु रावतले हात पारेका छन् ।

पुरुष तर्फको ४६ किलोमिटर दुरीको म्याराथनमा ६१ जना प्रतिस्पर्धीलाई पछाडि पार्दै रुकुमका बुढाले प्रथम स्थान प्राप्त गरेका छन् । उनले चारघण्टा ५८ मिनेटको समयमा तोकिएको दुरी पार गरेबा थिए ।  बुढाले एक लाख पुरस्कार पाएका छन ।

त्यसैगरी भोजपुरका उमेश राईले पाँच घण्टा चार मिनेटमा निर्धारित दुरी पार गरेर दोश्रो स्थान हाँसिल गर्दा   रुकुम पश्चिमका अर्जुन कुमार बस्नेत पाँच घण्टा ११ मिनेटमा उक्त दुरी पार गरेर तेस्रो स्थान प्राप्त गरेका छन् । निर्धारित दुरी पाँच घण्टा २१ मिनेटमा पार गरेर रुकुम पूर्वका हिमाल बुढाले चौथो स्थान प्राप्त  गरेकाे आयाेजनक सानिभेरी गाँउपालिकाले जनाएकाे छ ।

दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमैसँग ७५ हजार, ४५ हजार र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिएको सानीभेरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक बुढोथोकीले जानकारी दिएका छन । प्रतियोगिताको दशौ स्थानसम्म आउने प्रतियोगीहरुलाई जनही तीन हजार पुरस्कार दिईएको उनले बताए ।

त्यसैगरी महिला तर्फको म्याराथनमा जुम्लाकी मञ्जु रावत प्रथम हुनुभएको छ । उहाँले निर्धारित ३४ किलोमिटरको दुरीमा २१ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै तीन घण्टा २४ मिनेटमा पार गरेक छिन  । त्यसैगरी खोटाङकी प्रिया राईले तीन घण्टा ३४ मिनेटमा दुरी पार गरेर दोश्रो स्थान हाँसिल गर्दा जुम्लाकी राज्य लक्ष्मी रावतले तेस्रो स्थान प्राप्त गरेकि छिन । उनले तीन घण्टा ४१ मिनेटमा निर्धारित दुरी पार गरेकि छिन । सुर्खेतकी बिन्दु हमालले तीन घण्टा ४२ मिनेटमा उक्त दुरी पार गरेर चौथो स्थान प्राप्त गरेकाे जनाएकाे छ ।

प्रथम, दोश्रो, तेस्रो र चौथो स्थान प्राप्त गर्न सफल धावकहरुलाई क्रमश ६० हजार, ४० हजार, २० हजार र १० हजार नगद पुरस्कारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ । महिला तर्फ पनि दशौ स्थान सम्म प्राप्त गर्ने प्रतियोगिहरुलाई जनही तीन हजार पुरस्कार प्रदान गरिएको छ ।

जनयुद्धको स्मरण र अग्लो स्थानमा रहेको पर्यटकिय स्थलको प्रचारको लागि गाउँपालिकाले हरेक वर्ष मौराखारा गुरिल्ला म्याराथन प्रतियोगिता सञ्चालन गर्दै आईरहेको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए ।उनका  अनुसार तत्कालिन माओवादीले संचालन गरेको ‘जनयुद्ध’ताका माओवादी गुरिल्लाहरु हिडेको बाटोमा धावकलाई दौडाईएको हो । म्याराथनको पाँचौं संस्करणको लागि राष्ट्रिय खेलकुद परिषद्ले १५ लाख र गाउँपालिकाको आठ लाख रुपियाँ लगानी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *