दुर्घटना न्युनिकरण र मन्दिर व्यवस्थापनकाे लागि सडक बिस्तार

रेखदेख संवाददाता
फागुन १, रुकुम । कालिका मन्दिर व्यवस्थापनकाे लागि सडक बिस्तार गरिएकाे छ । रुकुम पश्चिमकाे सदरमुकाम खंलगा स्थित कालिका मन्दिर व्यवस्थापनकाे लागि सडक बिस्तार गर्न थालिएकाे हाे ।

 

 

 

 

 

मुसिकाेट नगरपालिकाेकाे रु ३ लाख ५० हजार रूपैयाकाे लगानीमा कालिका मन्दिरकाे छेउबाट बजार प्रबेश गर्ने सडक निर्माण गरिएकाे मुसीकाेट नगरपालिका वडा नंं. १ का वडाधयक्ष ज्ञानु चन्द्र चन्दले बताएका छन् । उनले भने साविककाे सडकका कारण मन्दिर तलपट्टि माेटरसाईकल दुर्घटना दैनिक जसाे हुने गरेकाे थियाे । मुसीकाेट नगरपालिका वडा नं.१ काे र पिपलचाैताराकाे बिचमा सडक निर्माण गरिएकाे वडाध्यक्ष चन्दले बताए ।

पहिलाे चरणमा सडक विस्तारसंगै सडककाे ढलान गर्ने, चाेतारा सुधार, र बजेटकाे व्यवस्था गरेर मन्दिर वरिपरि रेलिङ निर्माण मन्दिरकाे प्रारांगनमा ढुङ्गा विछ्याउने लगायतकाे काम गरेर मन्दिर व्यवस्था गर्ने जनाएकाे छ । मन्दिर व्यवस्था नहुँदा छेउमा फाेहरकाे थुप्राे लाग्ने गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *